Comments Add Comment

विदेशिएका कामदारलाई सञ्चय कोषको सुविधा दिन कार्यदल गठन


३० साउन, काठमाडौं । विदेश जाने कामदारलाई बचतमा प्रोत्साहित गर्दै सञ्चय कोषको व्यवस्था गर्न सरकारी स्तरबाटै अध्ययन थालिएको छ । यसरी जम्मा हुने रकमबाट विशेष परियोजना तयार गर्ने र त्यसको सेयर विदेशिएका युवालाई भविष्यमा सामाजिक सुरक्षा प्राप्त हुने गरी दिलाउने अवधारणा सरकारको छ ।

यसअघि कर्मचारी सञ्चाय कोषले पनि यस्तो व्यवस्थाको गृहकार्य गरेको थियो ।

तर, योजनाले ठोस रुप नलिएपछि श्रम तथा रोजगार मन्त्रालयले नै विदेशिएका कामदारका लागि सञ्चयकोष स्थापनका लागि गृहकार्य थालेको हो । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले यसका लागि कार्यदल नै गठन गरेर आवश्यक व्यवस्था सिफारिस गर्न कार्यादेश दिइएको बताएका छन् ।

उनकाअनुसार सो कार्यदलको सिफारिसअनुसार विदेशमा रहेका नेपाली कामदारलाई सञ्चय कोष सुविधा दिन आवश्यक तयारी थालिने छ । हाल कर्मचारी सञ्चय कोष ऐनमा नै यस्तो व्यवस्था छ । नियमावलीमा यसबारे ठोस व्यवस्था भएपछि कार्यान्वयन गर्ने तयारीमा कर्मचारी सञ्चय कोष पनि छ ।

कोरियामा गएका नेपाली कामदारबाट सञ्चय कोषको सुरुआत गर्न यसअघि गृहकार्य पनि भएको थियो । तर, अब श्रम मन्त्रालयले नै सबै देशमा कामका लागि जाने युवालाई कसरी सञ्चय कोष आवद्ध गरेर रकम जम्मा गर्न लगाउने भन्नेबारे चासो देखाएको छ ।

विदेशिने युवाबाट कम्तिमा महिनाको एक हजार रुपैयाँ विशेष कोषमा बचत स्वरुप जम्मा गराउने व्यवस्था गर्ने अवधाराणा मनत्रालयको छ । यसरी जम्मा हुने रकमलाई जलविद्युत् लगायतका ठूला परियोजनामा खर्च गर्ने र त्यसको सेयर कामदार र तिनका परिवारलाई दिने योजना छ ।

‘औसतमा युवाहरु ५ वर्ष रोजगारीका लागि विदेशमा हुन्छन् । वर्षमा १२ हजार मात्र ६० हजार जम्मा भएर ब्याजसहितको रकमलाई जलविद्युत्मा लगानी गरी सेयर दिन सकियो भने बुढेसकालमा यसले नै पेन्सनको काम गर्छ,’ श्रम मन्त्री बिष्ट भन्छन्,’तर, यस्तो व्यवस्थाका लागि कस्तो सम्भावना र जटिलता छन् भन्नेबारे अध्ययन हुँदैछ ।’

हाल सरकारले दुईवटा रेमिट हाइड्रो पनि निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । ताप्लेजुङमा बन्ने रेमिट हाइड्रोसम्म पहुँचमार्ग नपुगेकाले निर्माण अघि बढ्न सकेको छैन । घुन्साखोला र सिम्बुवाखोला जलविद्युत आयोजनालाई अघि बढाउन सरकारी स्वामित्वको जलविद्युत विकास तथा लगानी कम्पनीले जिम्मा पाएको छ ।

सरकारले यस्तै परियोजनामा विदेशिएका युवा र तिनका परिवारलाई सेयर लगानीमा प्रोत्साहित गर्ने बताएको छ । विदेशिएका युवाले पठाएको ८९ प्रतिशत रकम उपभोगमै खर्च हुने गरेकाले उत्पादनमुलक क्षेत्रमा रकम लगाउन यस्तो तयारी गरिएको मन्त्री बिष्ट बताउँछन् ।

यअिघि देखि यस्तो हल्ला हुँदै आएकाले कार्यान्वयन तत्कालै हुनेमा विदेशिएका युवालाई आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment