Comments Add Comment

एन्फा प्रादेशिक संरचनामा जाने, खेलाडी दर्ता अनलाइनबाटै

३० साउन, चितवन । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रादेशिक संरचनामा जाने भएको छ । चितवनको सौराहामा जारी संघको १७ औं विषेश साधारणसभाले विधान संसोधन गरेपछि प्रादेशिक संरचनामा जानेछ ।

देश संघीय संरचनामा गइसकेकोले एन्फालाई पनि सोही अनुरुप लैजान लागिएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

संघीयता लागु भैसकेको अवस्थामा एन्फालाई पनि संघीय संरचनामा लैजानुपर्ने आवश्यकता देखिएको अध्यक्ष शेर्पाको भनाइ छ ।

अध्यक्ष शेर्पाले कानूनविना चलेको एन्फालाई विधि विधानसम्मत सञ्चालन गर्न विशेष साधारणसभा आयोजना गरिएको दावी गरे ।

साधारणसभाबाटै पहिलो पटक एन्फाको आर्थिक नियमावली, कार्यसंचालन नियमावली, कर्मचारी नियमावली, खेलाडी नियमावली पारित गरिनेछ । एन्फालाई विधि विधानमा राखेर चलाउन खोजेको अध्यक्ष शेर्पाले बताए ।

साधारणसभाको प्रदेश नः ३ का मूख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका थिए ।

विशेष साधारणसभामा ४५ वटा जिल्ला संघका तीन/तीन जना, १४ वटा ए डिभिजन क्लवका तीन/तीन जना, चार वटा संघका तीन/तीन, पर्यवेक्षकलगायतका गरी करिव ३०० जनाको सहभागिता रहेको छ ।

भदौंबाट अनलाइनबाटै खेलाडी दर्ता

एन्फाले विशेष साधारसभा मार्फत खेलाडी दर्ता नियमावली ल्याउँदै छ । यस नियमावलीले खेलाडीलाई व्यवस्थापन गर्न सहज हुने एन्फाको भनाइ छ ।

सोही नियमावली अन्तर्गत रहेर अब छिट्टै संचालन हुने लिग फुटबलका लागि खेलाडी दर्ता प्रक्रिय सुरु हुँदैछ । नेपाली फुटबल इतिहासमै पहिलो पटक अनलाइन प्रणालीबाटै पारदर्शी रुपमा खेलाडी दर्ता हुन लागेको छ ।

एन्फा अध्यक्ष शेपाले यही भदौं १ गतेबाट अनलाइन प्रणालीबाट खेलाडी दर्ता प्रक्रिया सुरु हुन लागेको जानकारी दिए ।

उनले यसरी खेलाडी दर्ता गर्दा बिमा अनिवार्य गरिएको बताए । अध्यक्ष शेर्पाले युवादेखि सबै खाले खेलाडीको नाम दर्ता अनलाईनबाटै हुने बताए । उनले खेलाडी दर्ता गर्दा लाग्ने शुल्क खेलाडीकै वृद्धिविकासमा सहयोग गरिने जानकारी दिए ।

अध्यक्ष शेर्पाले यसपटकदेखि जिल्ला स्तरमा लिग फुटबल संचालन गरी त्यसबाट विजयी भएका टिमहरुले प्रदेश हुँदै, एन्फा प्रेसिडेन्ट कप र शहीद स्मार ए डिभिजन लिग फुटबल खेल्न पाउने छन् ।

यस वर्षदेखि ए डिभिजन फुटबलमा रेलिगेसनमा नपर्ने गरी प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

चितवनका पाँच राष्ट्रिय खेलाडी सम्मानित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चितवनबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका पाँच जना पूर्व खेलाडीलाई सम्मान गरेको छ ।

खेलाडीलाई सम्मान पत्रले सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीहरुमा छन्नु महतो, करुणा गुरुङ, ललित थापा, सूर्यमान श्रेष्ठ र राजेन्ऽकुमार श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment