Comments Add Comment

ट्याक्टरको ठक्करबाट गुल्मीमा एकजनाको मृत्यु

३० साउन, गुल्मी । गुल्मीमा ट्याक्टरले ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सत्यवती गाउँपालिका-६ जोहाङ्गमा उल्लीखोलामा लु१त ७६२९ नम्बरको ट्याक्टरले ठक्कर दिदा सोही वडाकै १६ वर्षका प्रविन बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक रोशन खड्काले जानकारी दिए ।

बुधबार दिउँसो ट्याक्टर गिटी-बलुवा लिएर उल्लीखोलाबाट खैरेनीतर्फ जाँदै थियो । बिक ट्याक्टर एक्कासी झर्ने क्रममा पछिल्लो चक्का परेर किचिएर घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी बताए ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment