Comments Add Comment

वैदेशिक रोजगारीबाट फर्किएकाले खोले ‘रिटर्नी माइग्रेन्ट नेपाल’

'समृद्ध नेपाल, सुखी नेपाली'को नारालाई सफल बनाउन सरकारलाई सघाउने

काठमाडौं । विदेशमा रहँदा सिकेको ज्ञान र सीपलाई स्वदेशमा लगाएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को सरकारी नारालाई सफल बनाउने उद्देश्यले ‘रिटर्नी माइग्रेन्ट नेपाल’ नामक संस्था स्थापना भएको छ । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नेपालीहरुले यो संस्था स्थापना गरेका हुन् ।

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई सिप र क्षमता अनुसारको रोजगारीको व्यवस्था गर्न निजी तथा सरकारी निकायसँग परामर्श गर्ने, उनीहरुको हितका लागि राज्यसँग समन्वयकारी भूमिका निभाउने, विभिन्न अभिमुखीकरण कार्यक्रम तथा सिपमुलक तालिमहरु सञ्चालन गर्ने उद्देश्यले संस्था स्थापना गरिएको अध्यक्ष उत्तम अधिकारीले जानकारी दिए ।

संस्थाको अध्यक्षमा उत्तम अधिकारी, उपाध्यक्षमा पुरनबहादुर आचार्य, महासचिवमा लक्ष्मीप्रसाद आचार्य, सचिवमा कृष्णकुमार न्यौपाने र कोषाध्यक्षमा काशीराम ढुंगाना छन् ।

यसैगरी सदस्यहरुमा अजिता ठकुरी, गौरी पराजुली, सीता भुर्तेल, दामोदर नेपाल, दिनेशकुमार लुइँटेल, जाहरसिंह लामा, ऋषिराम बस्याल, शालिग्राम बस्याल, रामशरण बानियाँ, चन्द्रकुमार महतारा, दिनेश आचार्य र दामोदर दाहाल छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले दिएको जानकारी अनुसार संस्थाले निम्न उद्देश्य र ति उद्देश्यहरु पूरा गर्न निम्न कार्यक्रमहरु अघि सारेको छ –

१. बिभिन्न संघसंस्थासँग समन्वय गरी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको सामाजिक हित संरक्षणको क्षेत्रमा काम गर्न सहयोग गर्ने पहल गर्ने ।

२. वैदेशिक रोजगारीबाट फर्किएकाकाहरुका हितका लागि सेवामूलक कार्यहरु संचालन गर्न पहल गर्ने ।

३. विभिन्न अभिमुखिकरण कार्यक्रम तथा सिपमुलक तालिमहरु संचालन गर्न पहल गर्ने ।

४. वैदेशिक रोजगारीबाट फर्किएकाहरुको हितका लागि राज्यसँग समन्वयकारी भूमिका निभाउने ।

५. सम्बन्धित निकायसंग समन्वय गरी राज्यले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई उपलब्ध गराउने सेवा, सुबिधा, सहुलियतका बारेमा सूचना उपलब्ध गराइ सहयोग पुर्याउने ।

६. लक्षित समूहको समुन्नतिको लागि व्यवसायिक परामर्श प्रदान गर्ने ।

७. वैदेशिक रोजगारबाट फर्किएका अशक्त तथा असहायहरुको लागि कल्याणकारी कोष स्थापना गरी सहयोग उपलब्ध गराउन पहल गर्ने ।

८. वैदेशिक रोजगारीमा गएका नेपालीले सिकेका सीप, प्राप्त अनुभव, दक्षता र लगानीयोग्य पुँजीलाई स्थानीय र राष्ट्रिय स्तरमा उपयोग गरी समुन्नतिमा लगाउने नीति र कार्यक्रम निर्माणका लागि नियामक निकायसँग आवस्यक छलफल,गोष्ठी, परामर्श गरी लक्षित वर्गको हितमा काम गर्ने ।

संस्थाले उपरोक्त उद्देश्य परिपूर्तिका लागि निम्न बमोजिमका कार्यक्रमहरु तय गरेको छ

१. मुलुकको समृद्धिको अभियानलाई सफल पार्नको निमित्त विश्वका सबै देशबाट स्वदेश फर्किएका पूर्व प्रवासी श्रमिकहरुलाई श्रमका लागि पुनः विदेश जान रोक्ने स्पष्ट नीति निर्माण गर्न सरकारसँग समन्वय गरी आवश्यकता अनुसार ब्यावसायिक तालिम, सिप विकाश कार्यक्रम, व्यवस्थापकीय शिक्षा, बजार व्यवस्थापन जस्ता विषयमा निःशुल्क अभिमुखीकरण तालिम प्रदान गर्नुका साथै आवश्यक सुविधा र सहुलियतका साथ व्यवसाय प्रवर्द्धनमा सहयोग गर्न पहल थाल्ने ।

२. विदेशबाट फर्किएका तर आफ्नै पुँजी लगानी गर्न नसकेर भौतारीइरहेका पूर्व प्रवासी श्रमिकलाई सिप र क्षमता अनुसारको रोजगारीको व्यवस्था गर्न निजी तथा सरकारी निकायसँग परामर्श गर्ने ।

३. स्वदेश फर्किएका श्रमिक मार्फत विदेशमा नेपाली श्रमिकहरुले भोगिरहेका समस्यालाई शिक्षाको रुपमा लिएर सोहि प्रकृतिको रोजगारीमा जाने नयाँ कामदारलाई राज्यले जोखिममुक्त बनाउनेतर्फ सम्बन्धित क्षेत्रबाट फर्किएका श्रमिकलाई सहभागी गराई नीति निर्माण गर्न पहल गर्ने ।

४. बैदेशिक रोजगारबाट स्वदेश फर्केको समूह र राज्यको साझेदारीमा परियोजनाहरु सञ्चालन गर्नका लागि सरकारसँग आवश्यक परामर्श थाल्ने ।

५. नेपाल सरकारको मातहतमा रहेका रुग्ण तथा बन्द उद्योगहरु सञ्चालनका लागि विशेष सहुलियत प्रदान गर्नेगरी वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुले लगानी गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग पहल गर्ने ।

६. प्रवासी श्रमिकहरुसँग सेवा प्रदायक क्षेत्रको अनुभव धेरै भएको हुँदा पर्यटन र पर्यटन प्रवर्द्धनसँग जोडिएका ब्यापार, व्यवसायमा अग्रसर गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायसँग पहल गर्ने ।

७. पुनः विदेश नफर्किने गरी स्वदेश फर्किएका श्रमिकहरुको तथ्यांक संकलन गरी ती पूर्व प्रवासी श्रमिकको हालको अवस्था पत्ता लगाई तिनले विदेशबाट सिकेको सिप र प्रविधि मार्फत विध्यमान प्रणालीको गुणस्तर वृद्धिका साथै राष्ट्र विकासका खातिर उपयोग गर्न आवश्यक लगानी गर्ने वातावरण निर्माणका लागि राज्यसँग पहल गर्ने ।

८. विदेशबाट फर्केका प्रवासी श्रमिकलाई नियमित रुपमा बिभिन्न किसिमका सिपमुलक, व्यवसायिक जानकारीहरु उपलब्ध गराइ सहज रुपमा स्थापित गराउनका निमित्त सरकारी स्तरबाट परामर्श केन्द्रको स्थापना गराउन भूमिका खेल्ने ।

९. आर्थिक बर्ष २०७५/७६ को बजेटमा सम्बोधन भए बमोजिम ‘बैदेशिक रोजगारबाट फर्केकालाई परियोजनाका आधारमा रु. १० लाखसम्म ऋण सुबिधा उपलब्ध गराईने’ भनि अर्थमन्त्रीले गरेको घोषणा यथाशिघ्र कार्यान्वयन गराउन पहल गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment