Comments Add Comment

तस्वीरमा एसिया कप छनोटको तयारी

३० साउन, काठमाडौं । एसिया कप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली क्लोज क्याम्पमा तयारी गरिरहेको छ । टोलीमा रहेका प्रारम्भिक १९ खेलाडी कीर्तिपुर मैदानमा व्यस्त छन् ।

अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने एसिया कप छनोटका लागि बुधबारदेखि नेपाली टोलीले भारतीय ब्याटिङ प्रशिक्षक अपूर्व सुबोधभाइ देसाईसहित कीर्तिपुर मैदानमा तयारी सुरु गरेको हो ।

कीर्तिपुर मैदानमा आउट फिल्ड हिलाम्मे हुँदा अभ्यासमा समस्या देखिएको छ । इन्डोरमा खेलाडीहरु ब्याटिङ अभ्यास गरिरहेका छन् । टोली तयारीकै लागि भदौ पहिलो साता श्रीलंका जाने छ ।

प्रशिक्षक जगत टमाटाले श्रीलंका जानुअघि अन्तिम १५ सदस्यीय टोली घोषणा गर्ने बताएका छन् । तस्वीरमा हेर्नुस अभ्यासः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment