Comments Add Comment

अरुण तेस्रोको ठेकेदारले बैंकबाट भारु साट्न पाउने

 

३० साउन, काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणकर्ता ठेकेदारलाई दिनुपर्ने भारतीय रुपैयाँको सटही सुविधा अब वाणिज्य बैंकहरुले दिनसक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र, २०७४ को संशोधन गर्दै आयोजनाका लागि पीडीए -आयोजना विकास सम्झौता) मा उल्लेख भए बमोजिम आयोजनाको विकासकर्ता एसजेभीएन-अरुण-३ डेभलपमेन्ट कम्पनीले ठेकेदारलाई दिनुपर्ने भुक्तानीको भारतीय रुपैयाँमा बैंकहरुले भुक्तानी दिनसक्ने व्यवस्था गरिएको हो ।

तर बैंकहरुले ठेक्का रकमको सीमा ननाघ्ने गरी सिधै भारतीय रुपैयाँको सटही सुविधा प्रदान गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

‘आयोजनामा उल्लेख भए बमोजिम आयोजना विकासकर्ता कम्पनीले परामर्शदाता/निर्माणकर्ता ठेकेदारलाई दिनुपर्ने भुक्तानीको सटही सुविधा प्रदान गर्नुपर्दा विकासकर्ता कम्पनीबाट कार्यसम्पादन यकीन तथा लगानी बोर्डको कार्यालयबाट सिफारिस भई आएको आधारमा कागजात परीक्षण गरी वाणिज्य बैंकहरुले ठेक्का रकमको सीमा ननाघ्ने गरी सिधै भारतीय रुपैयाँको सटही सुविधा प्रदान गर्न सक्नेछन्’ राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यसरी बैंकले सटही सुविधा उपलब्ध गराउदा सोको जानकारी लगानी बोर्ड र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ ।

लगानी बोर्डबाट राष्ट्रिय महत्वको रुपमा पहिचान भएको अरुण तेस्रो आयोजना निर्माण शुचारु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment