Comments Add Comment

सन्तोष वीरसिंह बस्नेतको ‘लुक्ला’ गीत सार्वजनिक


गायक सन्तोष वीरसिंह बस्नेतले नेपालको पर्यटकीय सम्भावनालाई गीतमा उतारेका छन् । हालै उनले नेपालको प्रमुख पर्यटकीय क्षेत्र सोलुखुम्बुको लुक्लाभन्दा माथि सगरमाथा क्षेत्रको प्राकृतिक सौन्दर्य रहनसहन र परम्परालाई आफ्नै शब्दमा उतारी कलात्मक तरिकाले “लुक्ला” बोलको गीत सार्वजनिक गरेका छन् ।

लामो समयदेखि बेलायतमा बसेर संगीत अध्ययन गरी आएका उनले “लुक्ला” गीतमार्फत पर्यटकीय सम्भावनालाई विश्वभर चिनाउने प्रयास गरेका हुन् ।

सुरज कुमारको संगीत रहेको  गीतका रचनाकार स्वयम् गायक बस्नेत हुन् । खट्टो पिरो र आइया आत्था गरी २ वटा कमेडी गीति संग्रह बजारमा ल्याइसकेका बस्नेतले केही महिना अघि “आमा”नामक भिडिओ गीत बजारमा ल्यायका थिए।

सो गीतमा चर्चित अभिनेत्री मिथिला शर्मा र चर्चित क्रीकेट खेलाडी शक्ति गौचनले अभिनय गरेका थिए ।   बेलायतस्थित भारतीय बिद्या मन्दिरमा गायिका स्वानन्द कर्माकरसंग करीब ६ बर्ष शास्त्रीय संगीतको अध्ययन गरी स्वदेश फर्केका बस्नेतले हालसालै लिला नामक गीति संग्रह बजारमा ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment