Comments Add Comment

पिसाब रोकिदैन ? यस्तेा छ कारण र समाधानको उपाय

पिसाबलाई हामी नियन्त्रण गर्छौं । कति समयसम्म पिसाब रोकेर बस्ने पनि गर्छौं । पिसाब रोक्नु आफैमा राम्रो त होइन । तर, जहाँपयो त्यही पिसाब फेर्न अनुकुल नहुने भएकाले पिसाब रोक्नुपर्ने अवस्था आइलाग्छ ।

तर कतिपयमा यस्तो समस्या हुन्छ, जसले पिसाबलाई नियन्त्रण गर्नै सक्दैनन् । चाहेर पनि पिसाब रोकिदैन । जसका कारण पिसाब अनायासै बाहिर निस्कने गर्दछ । यसले सामान्य दिनचर्या प्रभावित बनाउँछ । कहिले काहीँ लाजमर्दो पनि ।

किन पिसाब रोकिदैन ?

यस्तो समस्या विशेषगरी पिसाबलाई नियन्त्रण गर्ने स्पिmक्टर नष्ट भएमा वा कमजोर भएमा हुने गर्छ । यो आफैमा सामान्य समस्या हो । तर खोक्दा, हाडिउ गर्दा समेत पिसाब चुहिने वा बाथरुम जाँदा सम्म पनि पिसाब कन्ट्रोल नहुनु भनेको चाहिँ यसको गम्भीर अवस्था हो ।

बढ्दो उमेरसँगै यो समस्या आम हुने गर्दछ । तर सबैमा यो समस्या हुन्छ नै भन्ने हुँदैन ।  यद्यपी, यो समस्या पुरुषकेा तुलनामा महिलामा अत्याधिक हुने गर्दछ ।

गर्भावस्था,   प्रसुती व्यथा  वा  महिनावारीका कारण पनि यो समस्या महिलामा अधिक हुने गर्दछ ।

मुत्राशयको मांसपेशी कमजोर हुनु, पिसाब नलीमा कुनै किसिमको समस्या उत्पन्न हुनुले पनि पिसाब नरोकिने वा अनियन्त्रित हुने समस्या निम्त्याउने गर्छ ।

यो रोग होइन

त्यसो त पिसाबलाई नियन्त्रण गर्न नसक्नु आफैमा कुनै रोग हैन । बरु कुनै रोग वा समस्याका रुपमा पिसाब नरोकिने समस्या देखिनसक्छ । यस समस्याको पहिचान शारीरीक परिक्षण तथा अल्ट्रासाउण्डद्धारा पनि गर्न सकिन्छ । त्यस्तै,  नन फर्माकोलोजिकल, शल्यक्रिया, कैथेराईजेशन लगायतका संयोजनद्धारा पनि यसको उपचार गर्न सकिन्छ ।

पिसाब नरोकिने समस्या विभिन्न कारणले हुने गर्छ । व्यक्तिको जीवनशैली, रोगको अवस्था तथा विभिन्न शारीरीक समस्याका कारण पिसाब नरोकिने समस्या उत्पन्न हुने गर्दछ । त्यस्तै, विभिन्न पेय पदार्थको सेवन, कैफिन,  कार्बोनेटेड डि्रक्स , कृतिम मिठाई,  चकलेट, मरिच,  मसालायुक्त खानेकुराको सेवन, अमिलो खानेकुरा, मुटु वा रक्तचाप सम्बन्धि औषधी तथा भिटामिन ‘सी’ को अत्याधिक सेवनका कारण पनि यो समस्या निम्तिने गर्छ ।

त्यसबाहेक, यी समस्याहरुका कारण पनि पिसाब नरोकिने समस्या उत्पन्न हुन सक्दछ ।

पिसाब नलीमा संक्रमण

पिसाब नलीको संक्रमणका कारण पनि यो समस्या निम्तने गर्छ । विशेषगरी, पिासब नलीमा संक्रमण भएमा अचानक पिसाब गर्ने इच्छा जाग्न सक्छ जसका कारण पिसाब  चुहिन सक्छ  ।

कब्जियत

मुत्राशय र गद्दाशयको नली एक आपसमा जोडिएको हुन्छ । जसका कारण कब्जियत भएमा पनि पिसाब सम्बन्धि समस्या हुनसक्छ ।

गर्भावस्था

हर्मोनको गडबडीमा  गर्भमा रहेको शिशुको विकास सँगै मुत्राशयमा दवाव पर्ने गर्छ । जसका कारण पिसाब अनियन्त्रित हुने गर्छ । त्यस्तै प्रसव व्यथाका दौरान पिसाब नली कमजोर भएर पनि यो समस्या निम्तन सक्छ ।

बढ्दो उमेर

बढ्दो उमेरसँगै पिसाब थैलीको पिसाब संकलन गर्ने क्षमतामा र्‍हास आउने गर्दछ । त्यसैले, उमेरको साथ पिसाब थैली खुम्चनु पनि यो समस्याको कारक हुनसक्दछ ।

महिनावारी रोकिने समस्या (रजनोवृत्ति)

महिनावारी रोकिने समयमा महिलामा एस्ट्रोजेन नामक हर्मोनमा कमी आउने गर्दछ । एस्ट्रोजेन यस्तो हर्मोन हो जसलदे मुत्राशय तथा पिसाब  नलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

हिस्टेरेक्टोमी

महिलाहरुको पिसाबथैली तथा गर्भाशय दुवै कयौ मांपेशीहरुसित एकपटक जोडिएको हुन्छ । त्यसैले , महिलाहरु  प्रजनन सम्बन्धि कुनै पनि शल्यक्रियाले पिसाब नरोकिने समस्या निम्त्याउन सक्छ ।

पुरुष ग्रन्थी सुन्निनु

धेरै उमेर भएका पुरुषहरुको पुरुष ग्रन्थी बढ्ने वा सुन्निे गर्छ । जसलाई चिकित्सकीय भाषामा विनाइल प्रोस्टेटिक हाइपरप्लासिया -विएचपी) भन्ने गरिन्छ । यो समस्या भएमा पनि पिसाब नियन्त्रण गर्न समस्या हुने गर्दछ । त्यस्तै, पुरुष ग्रन्थीमा क्यान्सर भएमा पनि यस्तो समस्या निम्तने गर्दछ ।

पिसाब नलीमा रोकावट

पिसाबको नलीमा रोकावट पैदा भएमा वा ट्युमर भएमा पिसाबमा समस्या हुने गर्दछ ।

न्युरोलोजीकल डिस्अर्डर

पार्किन्सन, स्ट्रोक, मस्तिष्कमा ट्युमर  वा  ढाडको हड्डीमा समस्या भएमा पनि पिसाब सम्बन्धि समस्या आउने गर्छ ।

पिसाब नरोकिने समस्या भएमा देखिने लक्षण 

पिसाब चुहिने, नरोकिने तथा  अनियन्त्रित हुने समस्या भएमा विभिन्न लक्षण देखा पर्ने गर्दछ ।  यद्यपी कहिलेकाही पिसाब हास्दा तथा हाडिउ गर्दा पनि पिसाब अनायासै चुहिने गर्छ भने कहिले तिव्र इच्छाका बाबजुद पिसाब चुहिने समस्या हुने गर्छ , जसलाई मिक्स इनकन्सिस्टेन्ट भन्ने गरिन्छ ।  जुन भएमा यी लक्षण देखा पर्ने गर्दछ ।

-खोक्दा , हाडिउ गर्दा तथा हास्दा पिसाब चुहिने

-थोरै थोरै पिसाब हुनु

-पिसाबको थैली भरिएमा एकैपटक धेरै पिसाब निस्कनु

-अचानक पिसाब लागेको महसुस हुनु

-पिसाब लागे लगत्तै पिसाब चुहिनु

-रातीको समयमा धेरै पिसाब लाग्नु

-यौन सम्र्पक गर्दा पिसाब चुहिनु

-पिसाब चुहिदा कहिलेकाही अचानक धेरै चुहिनु

कतिबेला डाक्टरलाई देखाउने ?

पिसाब चुहिने समस्या बारम्बार भएमा पनि डाक्टरलाई देखाउनु पर्दछ ।   त्यस्तै, पिसाब चुहिने समस्याकै कारण दैनिक कार्यमा अवरोध खडा भएमा, हिडुनमा कठिनाई भएमा, शरीरको कुनै भागमा कमजोरी महसुस भएमा वा झमझमाएमा, आँखा कमजोर भएमा,   कुनै काम गर्न दुविधा भएमा, सोच्ने , सम्झने क्षमतामा कमी आएमा तथा आन्द्रामा समस्या भएमा पनि  तुरुन्तै डाक्टरसित परामर्श गर्न जरुरी छ ।

किन रोकिदैन पिसाब ? के हो कारण

हुन त पिसाब चुहिने समस्या आफैमा कुनै रोग नभएर रोगका लक्षण हुनसक्दछ । विभिन्न शारीरीक समस्या, औषधीको सेवन लगायतका कारण पनि यो समस्या निम्तने गर्दछ ।  डाक्टरसितको  परामर्श पश्चात्त नै यसको कारणबारे थाहा पाउन सकिन्छ । यद्यपी, यी समस्याका कारण पनि  पिसाब चुहिने समस्या निम्तन सक्दछ ।

लिंग

गर्भावस्था, प्रसव व्यथा, रजनोवृत्ति लगायत अन्य शारीरीक समस्याका कारण महिलामा तनावको समस्या धेरै हुने गर्दछ । जबकी पुरुषहरुमा हुने पुरुष ग्रन्थीको समस्याका कारण पिसाब सम्बन्धि विभिन्न समस्या उतपन्न हुने गर्छ । जसले पिसाब अनियन्त्रित हुने तथा पिसाब चुहिने समस्या निम्तने गर्दछ ।

उमेर

बढ्दो उमेरसँगै पिसाब नली कमजोर हुने गर्दछ । त्यस्तै, पिसाब थैली खुम्चनुका साथै पिसाब संग्रह गर्ने क्षमतामा समेत कमी आउने गर्दछ । जसका कारण   पिसाब चुहिने वा पिसाब नियन्त्रण नहुने समस्या उत्पन्न हुने गर्दछ ।

मोटोपना

मोटोपनाका कारण पिसाब नली तथा त्यस आसपासका क्षेत्रमा दवाव सिर्जना हुने गर्दछ । जसका कारण पिसाब नली कमजोर भई  खोक्दा वा हाडिउ गर्दा समेत पिसाब चुहिने गर्दछ ।

धुमपान

सुर्तीजन्य पदार्थको सेवनले पनि पिसाब अनियन्त्रित हुने सम्भावना अधिक हुने गर्दछ ।

पारिवारिक इतिहास

परिवारको कुनै सदस्यलाई पिसाब सम्बन्धि समस्या भएमा यो समस्या अन्य सदस्यलाई पनि हुने सम्भावना अधिक हुने गर्दछ ।

अन्य रोग

न्युरोलोजिक रोग तथा मधुमेह लगायतको रोगले पनि पिसाब नरोकिने समस्याको जोखिम बढाउने गर्छ ।

पिसाब नरोकिने समस्याबाट बच्ने उपाय

पिसाब नरोकिने समस्यालाई रोकथाम गर्न सम्भव छैन ।  यद्यपी, केही कुरामा विशेष ध्यान दिएर यसको जोखिमलाई कम गर्न सकिन्छ ।

-तौल नियन्त्रण गर्ने

-पेल्भिक फ्लोर सम्बन्धि एक्सरसाइज गर्ने

-कैफिन, मदिरा लगायत मुत्राशयलाई उत्तेजित गर्ने पदार्थको सेवन कम गर्ने

-उच्च फाइबरयुक्त खानेकुराको सेवन गर्ने

-धुमपान नगर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment