Comments Add Comment

काठमाडौंको प्रहरी प्रमुख फेरिए, पोखरेलको ठाउँमा लामा

३० साउन, काठमाडौं । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको सूची प्रहरी प्रधान कार्यालयमा पठाएको छ ।

जसअनुसार काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ ।

उनीहरुसहित अन्य केही एसएसपीको सरुवा सूची प्रहरी प्रधान कार्यालयमा पुगेको प्रहरी स्रोतले जनाएको हो ।

काठमाडौंका नवनियुक्त प्रहरी प्रमुख लामा यसअघि ३८ क्वीन्टल सुन तस्करी अनुसन्धान समितिको सदस्य थिए भने धानुक २८ माघमा काठमाडौं प्रहरी परिसरबाट बाग्लुङ सरुवा भएका थिए ।

धानुकलाई हटाएर गृह मन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई काठमाडौं प्रहरी प्रमुख बनाएको थियो । ललितपुरमा भने गणेशबहादुर ऐर प्रहरी प्रमुख थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment