Comments Add Comment

एनआईसी एशिया बैंकले खोल्यो धादिङमा ३ नयाँ शाखा

३० साउन, काठमाडौं । एनआईसी एशिया बैंकले धादिङ जिल्लामा ३ नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ ।

धादिङ जिल्लाको धुनिबेशी न.पा. वडा नं.७ स्थित खानीखोला शाखा र वडा नं. ६, धार्केस्थित धार्केशाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले एक समारोहका बीच उद्घाटन गरे ।

त्यसैगरी थाक्रे गाउँपालिका वडा नं. ६, महादेवबेशीस्थित महादेवबेशी शाखाको गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले उद्घाटन गरेका हुन् ।

हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment