Comments Add Comment

चेक गणतन्त्रको राजधानी प्राग एयर अरेबियाको नयाँ गन्तव्य


२९ साउन,काठमाडौं । मध्यपूर्व तथा उत्तर अफ्रिकाको सबैभन्दा ठूलो बजेट एयरलाइन्स एयर अरेबियाले चेक गणतन्त्रको राजधानी प्रागलाई आफ्नो नयाँ युरोपेली गन्तव्य बनाउने घोषणा गरेको छ । एयर अरेयिबाका विमान आउँदो ११ डिसेम्बरबाट साउदी अरेबियाको शारजहाबाट सीधा प्रागका लागि उड्ने भएका छन् ।

नयाँ गन्तव्य घोषणाका लागि बुधबार राजधानीमा आयोजित ‘केक-कटिङ’ समारोहमा नेपालका लागि चेक गणतन्त्रका कन्सुल जनरल विष्णुकुमार अग्रवाल, मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा, एयर अरेबियाका रिजनल म्यानेजर सचिन नेन, एयर अरेबियाका नेपाल म्यानेजर फराज खान र द हिडन ट्रेजर नेपालका प्रोमोटर सुवर्ण क्षेत्रीको उपस्थिति थियो ।

प्राचिन टाउन स्क्वायर र सुन्दर बारोक भवनहरुका प्रसिद्ध प्राग चेक गणतन्त्रको राजधानी र सबैभन्दा ठूलो सहर हुनुका साथै युरोपकै सबैभन्दा चर्चित पर्यटकको गन्तव्यमध्ये पर्छ । यहाँको प्राचिन सम्पदा युनेस्कोको विश्व सम्पदा सूचीमा पर्छन् । प्रागमा दशभन्दा बढी संग्राहलय, थुप्रै थिएटर, ग्यालेरी र ऐतिहासिक प्रदर्शनी केन्द्रहरु छन् । हामीलाई आशा छ, एयर अरेबियाको घोषणाले मध्य युरोपको यात्रालाई सजिलो र सहज बनाउनेछ ।

एयर अरेबियाको सात घन्टा लामो उडान सातामा पाँच दिन, मंगलबार, बुधबार, बिहीबार, शनिबार र आइतबार शारजहा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्राग भाक्लेभ हाबेल विमानस्थलसम्म हुनेछ । ती विमान सोही दिन साउदी अरेबियामा फर्किनेछन् ।

‘केक-कटिङ’ समारोहमा एयर अरेबियाका रिजनल म्यानेजर सचिन नेनेले अन्तर्राष्ट्रिय रुट विस्तार गर्ने कामलाई आफूहरुले प्राथमिकतामा राख्दै आएको बताए ।

‘हाम्रो उद्देश्य हाम्रा यात्रुलाई रंगीन र ऐतिहासिक राजधानी सहर घुम्ने अवसर प्रदान गर्नु हो,’ उनले भने ।
एयर अरेबियाले हाल मध्यपूर्व र उत्तर अपि|mकास्थित चार केन्द्रबाट एक सय ५० भन्दा बढी स्थानमा उडान भर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment