Comments Add Comment

आलियाको फोटोमा आजकाल लाइकसमेत गर्दिनन् कट्रिना

बलिउड नायिका कट्रिना कैफ र आलिया भट्टबीच पहिले सुमधुर सम्बन्ध थियो । तर, आलिया रणवीर कपुरसँग प्रैममा परेयता उनीहरुबीच चिसोपना सुरु भएको चर्चा चल्ने गर्छ ।

यसको छनक सामाजिक सञ्जालमा देखिएको छ । यसअघि इन्स्टाग्राममा एक-अर्काले राख्ने तस्वीरमा दुवैले तत्काल रियाक्ट गरिहाल्थे । तर, आजकाल आलियाको तस्वीरमा कट्रिनाले रियाक्ट गर्न छोडेकी छन् । यसैलाई लिएर उनीहरुबीच सम्वन्ध विगि्रएको अड्कल काटिएको छ ।

यस विषयमा आलियाले हालै एक अन्तरवार्तामा मुख खोलिन् । उनले कट्रिनासँग सम्वन्ध नबिगि्रएको दावी गरिन् ।

‘मेरो तस्वीरमा को-कोले लाइक गरे भनेर चेक गर्ने बानी छैन, त्यसैले उनले लाइक गरे-नगरेको जानकारी भएन,’ आलियाले भनिन् ।

उनले ठट्टा गर्दै भनिन्, ‘अचेल मेरो फोटो राम्रो नभएकाले लाइन नगरेकी हुन् कि त । जे होस अब म उनलाई फोन गरेर पहिलेजस्तै मेरो सबै फोटोहरुमा लाइक गर्न लगाउनेछु ।’

आलियाले यसरी प्रश्नलाई हल्का जवाफले टारे पनि कट्रिनासँग उनको सम्वन्ध भने पहिलेजस्तो नरहेको भारतीय मिडियाहरुले ठोकुवा गरेका छन् । कट्रिनाको पहिले रणवीर कपुरसँग गहिरो प्रेम थियो । तर पछि उनीहरु अलग्गिए । अहिले रणवीर र आलियाबीच प्रेम चलिरहेको छ । आफ्नो पूर्वप्रेमीसँग अफेयरमा रहेका कारण कट्रिनाले आलियासँग दुरी बनाउन खोजेको बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment