Comments Add Comment

तीज विशेष कार्यक्रमका लागि कलाकार यूएईमा


यूएई । आगामी अगस्ट १७ मा अलकुजको डलस्कोहलमा आयोजना गरिएको तीज विशेष कार्यक्रममा सहभागिताका लागि नेपाली कलाकारहरु युएई आइपुगेका छन् । झापाली समाज युएईको आयोजना गरेको कार्यक्रममा सहभागी हुन हास्यकलाकार राजा राजेन्द्र, गायक तारा प्रकाश लिम्बू र गायिका जुनु प्रसाईं युएई आइपुगेका हुन् ।

अतिथि कलाकारलाई स्वागत गर्न झापाली समाज युएईका अध्यक्ष अशोक चापागाईंको नेतृत्वमा समाजका सांस्कृतिक विभाग प्रमुख तथा तीज विशेष कार्यक्रमका संयोजक पारस लामालगायत समाजका अन्य पदाधिकारी र शुभेच्छुकहरु दुबई एयरपोर्ट पुगेका थिए ।

झापाबाट वैदेशिक रोजगारीमा आएकाहरुले सन् २०१५ मा स्थापना गरेको समाजले विगत केही वर्षदेखि तीज विशेष कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

चर्चित हास्यकलाकार राजा राजेन्द्र पोखरेल, युगल गायक तारा प्रकाश लिम्बू र नवगायिका जुनु प्रसाईको साथमा युएईका नेपाली कलाकारहरूलाई स्टेजमा उतार्ने योजना अनुसार सबै प्रक्रिया पूरा भएको कार्यक्रम आयोजक समितिका संयोजक पारस लामाले जानकारी दिए ।

‘झापाली समाजको नयाँ सोच, असहाय बालबालिकाको लागि दश लाखको अक्षय कोष” कार्यक्रको नारा छ ।

असहाय अनाथ बालबालिकाको शिक्षाको लागि दश लाखको अक्षय कोष स्थापना ग़र्ने लक्ष्य लिएर यो कार्यक्रम गर्न लागिएको हो । अक्षयकोष स्थापनाकै लागि समाजले योभन्दा अगाडी विभिन्न कार्यक्रम गर्दै आएको छ र अहिलेसम्म कोषमा ४ लाख ५२ हज़ार ७ सय २४ रुपैयाँ जम्मा भएको समाजका कोषाध्यक्ष भरत बूढ़ाथोकीले जानकारी दिए ।

यसैगरी, अगस्ट १७ मै बागलुङ सेवा समाजले आयोजना गर्ने तीज विशेष कार्यक्रममा सहभागी हुन गायक प्रकाश सपूत र गायिका ज्योति लोहनी पनि युएई आइसकेका छन् । अल फाहिदीको एक होटेलमा आयोजना गरिएको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पत्रकार खिमलाल पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment