Comments Add Comment

सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग


३१ साउन, काठमाडौं । मुलुकका तीन ठूला ट्रेड युनियनले श्रम क्षेत्रको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याउन सरकार र रोजगारदातासँग माग गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन महासङ्घ र नेपाल ट्रेड युनियन काङ्ग्रेसले संयुक्त पत्रकार सम्मेलन गरी उक्त ऐन कार्यान्वयन गर्ने सन्दर्भमा आउने जस्तोसुकै दायित्व निर्वाह गर्न आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

उक्त ऐन र श्रम ऐन कार्यान्वयनमा ल्याउनका लागि स्थानीय तहमा श्रमिकको प्रमाणीकरण गरी पञ्जिकरण गर्न, श्रमिकको पारिश्रमिक तथा सुरक्षाको अनुगमन गर्न, श्रम प्रशासनलाई नियमित गराउन र सामाजिक संवादको अभ्यास गर्न पनि उनीहरूले जोड दिएका छन् ।

पत्रकार सम्मेलनमा ट्रेड युनियनका अगुवा पुष्कर आचार्य, गणेश रेग्मी र कमल गौतमले श्रमिकलाई बाँच्न पुग्ने पारिश्रमिकको व्यवस्था गर्न तथा युनियनसँग हातेमालो गरी श्रम सचेतनाका क्रियाकलाप आयोजना गर्न समेत सरकारसँग आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment