Comments Add Comment

डेढ करोडमा सुनको आइफोन !

के तपाइँसँग प्रसस्तै धन छ ? लक्जरी चिजहरु प्रयोग गर्न मन पर्दछ ? यदि यसो हो भने तपाइँसँग सुनको आइफोन किन्ने मौका छ र यसका लागि तपाइँले झण्डै डेढ करोड रुपैयाँ खर्च गरे पुग्नेछ ।

हो, बेलायतको लक्जरी प्रडक्ट निर्माता कम्पनी गोल्डजेनले सुनको आइफोन एक्स ल्याउँदैछ । यसको नाम आइफोन एक्स एस दिइएको छ ।

यो आइफोनका लागि कम्पनीले प्रिअर्डर लिन सुरु गरिसकेको छ । यो आइफोनमा १८ क्यारेटको सुनबाट बनेको पछाडिको भाग हुनेछ । तथापि अन्य फिचर्स भने खुलाइएको छैन ।

यो आइफोनको मूल्य १ लाख २७ हजार अमेरिकी डलर पर्नेछ र प्रिअर्डका लागि त्यसको आधार रकम भुक्तान गर्नुपर्नेछ ।

कम्पनीका अनुसार यो आइफोन उसको अहिलेसम्मकै सबैभन्दा लक्जरी प्रडक्टको रुपमा रहनेछ ।

स्मरण रहोस् यहीँ कम्पनीले यसअघि सुन तथा हिरा जडित एप्पल वाचका लागि सुन लेपन गरिएको रेसिंग बाइक पनि ल्याएको थियो ।

कम्पनीका अनुसार यो आइफोन खरीद कर्ताका लागि कम्पनीले पाँच वर्षसम्म मर्मत, सर्भिसिङ तथा अपडेटको चौबिसै घण्टाको सेवा उपलब्ध गराउनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment