Comments Add Comment

साम्राज्ञी र मनोज एउटै स्टेजमा

यतिबेलाकी हट केक अभिनेत्री हुन साम्राज्ञी राज्यलक्ष्मी शाह र लोकप्रिय हांस्य कलाकार हुन मनोज गजुरेल । यी दुबै पहिलोपटक एउटै मन्चमा उत्रने भएका छन । यी दुई सर्जकलाई एउटै मन्चमा एक साथ उतार्ने काम गरेको छ एजुकेशन एण्ड माइग्रेसन कर्नरले ।

काठमान्डौको दरबार मार्गमा रहेको अन्नपूर्ण होटलमा शनिबार दिउँस यी दुइ कलाकारको साथमा उत्प्रेरक सुधन ज्ञवालीले पनि बिभिन्न प्रस्तुतिहरू दिने भएका छन । एजुकेशन एण्ड माइग्रेसन कर्नरले आयोजना गरेको एजुकेशन फेयरमा उच्च अध्ययनका निम्ती अष्ट्रेलिया लगायतका मूलुकमा जान चाहने बिधार्थीहरूलाई आफ्नो संस्थाले मनोरन्जन र सन्देशमूलक तरिकाले सुझाब र सल्लाह दिने कुरा संस्थाका अध्यक्ष सुनिल उप्रेतीले बताए ।

कार्यक्रममा यूबा पुस्तामाझ लोकप्रिय अभिनेत्री साम्राज्ञीले आफ्ना अनुभब , सोच र शिक्षाका बारेमा बिधार्थीहरूसंग भलाकुसारी गर्नेछिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment