Comments Add Comment

जापान, कोरिया र साउदीमा सीधा उडान भर्दै निगमका वाइडबडी

२८ जना पाइलट चाहिने


३१ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ वाइडबडीले भारतको बिहीबारबाट बैंगलोरमा पनि उडान थालेको छ । दोहाबाट उडान थालेको एयरबस ३२० ‘अन्नपूर्ण’ले आफ्नो गन्तब्य विस्तार गर्दै लगेको छ ।

निगमले नयाँ दुई वाइडबडी अन्नपूर्ण र मकालुलाई जापान, कोरिया र साउदीको रियादमा पनि उडाउने प्रक्रिया तीव्र पारेको छ । अहिले वाइडबडीलाई निगमकै पुराना गन्तब्यहरुमा उडाइँदैछ ।

सहप्रवक्ता शैलेश कंशाकारकाअनुसार निगमले कोरियामा ग्लोलब सेल्स एजेन्ट नियक्ति गरिसेकेको छ । जापनमा पनि त्यसका लागि प्रक्रिया अघि बढेको उनले बताए । यस्ता एजेन्टले टिकेटिङ र मार्केटिङको जिम्मा लिन्छन् ।

तीन वटै गन्तब्यमा निगमले सीधा उडान थाल्न लागेको हो । निगमले जापानको नारिता एयरपोर्टमा उडान भर्ने योजना बनाएको छ । कोरियाको सियोलमा इन्चोनसम्म पनि सीधा उडानकै योजना छ । साउदीको रियाद पनि वाइडबडीले तय गर्ने नयाँ गन्तब्य हुनेछ ।

नयाँ तीनवटै गन्तब्यमा उडान अनुमति लिने प्रक्रिया पनि अघि बढिसकेकाले निकट भविष्यमै वाइडबडीले उडान थाल्ने कंशाकारले बताए । वाइडबडी दिनमा १२ देखि १४ घण्टासम्म उडान मिल्छ ।

निगमको एयरबस अन्नपूर्णले सेवा दिइरहँदा मकालु एयरबसले भने अझै सरकारबाट एओसी पाएको छैन । भन्सारको प्रक्रिया पुरा भएको र अब नागरिक उड्ययन प्राधिकरणबाट उडान अनुमति छिट्टै प्राप्त हुने कंशाकारले बताए ।

यसपछि निगमले मकालुको परीक्षण उडान गरेर सेवाको थालनी गर्नेछ । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी एयरबस र एउटा बोइङ पनि छ ।

२८ पाइलट चाहिने

यि दुई वाइडबडी उडाउन निगमलाई तत्काल २८ जना पाइलट आवश्यक रहेको ठहर पनि निगमले गरेको छ । ठूलो संख्यामा पाइलट चाहिने भएपछि निगमले विदेशी पाइलटहरु नियुक्ति गरिरहेको छ ।

अहिले निगमसँग वाइडबडी उडान सक्ने करिब एक दर्जन जति मात्रै पाइलट छन् । वाइडबडी उडाउन विदेशी पाइलटहरु आउने क्रम पनि जारी छ ।

वाइडबडी उडाउन दुईजना पाइलट आवश्यक पर्छ । लामो गन्तब्यमा उडान भर्दा एकतर्फी मात्रै उडान गर्नुपर्ने अवस्थाका कारण निगमलाई ठूलो संख्यामा पाइलट आवश्यक भएको हो ।

२७४ सिटेको वाइडबडीमा झण्डै १० जनाको ‘क्र्यु’ चाहिन्छ । फ्लाइटको दूरी, समय र अकुपेन्सीका आधारमा यो संख्या घटबढ हुने सहप्रवक्ता कंशाकार बताउँछन् ।

वाइडबडीलाई कम्तिमा ९० सिट ‘अकुपाइ’ हुँदा लागत उठेर नाफा प्राप्त हुन्छ । त्यसैले अकुपेन्सी बढाउने गरी विभन्न योजना बनाउने गृहकार्यमा निगम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment