Comments Add Comment

सोल्टी र मितिनी आज नेपालमै रहने, चिनियाँ जहाज रोकियो

भोलि साँझ ७ बजे पठाइने

चीन पठाउन चितवनबाट काठको बाकसमा राखेर गै‌डा ल्याइँदै ।

३१ साउन, काठमाडौं । नेपालले उपहारमा दिएको दुई गैंडा लिन बिहीबार आउने भनेको चिनियाँ जहाज नआएपछि ती गैंडा हस्तान्तरण भोलि गरिने भएको छ । चीनको ग्वाङझाओमा ठूलो आँधी आएकाले चिनियाँ जहाज आउन नसकेको हो ।

चीनलाई उपहारमा पठाउन चितवनबाट दुईवटा गैंडा सोल्टी र मितिनीलाई बुधबार नै काठमाडौं ल्याइसकिएको छ । ती गैंडा बिहीबार हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर चिनियाँ जहाज नआएपछि शुक्रबार साँझ ७ बजे गैंडा हस्तान्तरण कार्यक्रम राखिएको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं ल्याएको गैंडालाई नेपाल प्रकृति संरक्षण कोषमा राखिएको छ ।

चीनले यसअघि पनि नेपालबाट दुईवटा गैंडा उपहारमा लगिसकेको छ । यसअघि भद्र र रुपसी नामको गैंडा उपहार लगेको चीनले यसपटक सोल्टी र मितिनी नामको गैंडा लैजान लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment