Comments Add Comment

नेपालीहरुले खडेरी पीडित अष्ट्रेलियनलाई सहयोग गर्ने

सिड्नी / अष्ट्रेलियामा रहेका नेपालीहरुले यहाँका खडेरी पीडित किसानहरुलाई सहयोग गर्ने भएका छन् ।

एनआरएनए अष्ट्रेलियाको बिहीबार बसेको आकस्मिक बैठकले खडेरी पीडित किसानहरुलाई सहयोग गर्ने निर्णय गरेको हो । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा खडेरीबाट हजारौं किसान पीडित भएका छन् ।

खडेरी पीडित किसानहरुसँग समन्वय गर्ने जिम्मा एनआरएनएका कार्यसमिति सदस्य निराजन गौलीलाई दिइएको छ । बैठकले अष्ट्रेलियामा भएका सबै नेपालीलाई आर्थिक सहयोग गर्न अनुरोधसमेत गरेको छ ।’अस्ट्रेलियन समाजको एक अंग हुनुको नाताले यो हाम्रो नैतिक दायित्व र कर्तव्य पनि हो,’ समन्वयको जिम्मा पाएका गौलीले भने ।

सहयोगका लागि NRNACharity Account BSB: 032078, Account Number: 629083 मा रकम जम्मा गर्न सकिने छ ।

संकलित रकम वालगेट सायर काउन्सिल वा कडेरी पीडित किसानसँग काम गरिरहेको संस्थालाई हस्तान्तरण गरिने गौलीले बताए ।

नेपालमा भूकम्प लगायत प्राकृतिक विपद्का बेला अस्ट्रेलियाका जनताले गरेको सहयोगलाई स्मरण गर्दै सबैले सहयोग गर्नुपर्ने भन्दै एनआरएनएले अभियान नै चलाइएको छ । धेरै नेपालीहरुले स्वयमसेवीरुपमा यहाँको रेडक्रस मार्फत सहयोग गरेका छन् ।

केही नेपालीहरु भारतीय मूलका अस्ट्रेलियनसँग मिलेर खडेरी ग्रस्त इलाकामा पुगेको यहाँको बिशेष प्रसारण सेवाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment