Comments Add Comment

सैनामैनामा हृविंगरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, हृविंगर जलाइयो

३१ साउन बुटवल । रुपन्देहीको सैनामैनाका स्थानीयले हृविंगर जलाएका छन् ।

सैनामैना-४ मुर्गिया लायन्स चोक नजिकै लु१प ७७४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि लु१ज २७२८ नम्बरको हृविंगरमा स्थानीयले आगजनी गरेका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक सैनामैना ४ का ४० वर्षीय शेरबहादुर कुँवरको मृत्यु भएको छ ।

कलिपवस्तुको जीतपुर (चारम्बर)बाट बुटवलतर्फ आउँदै गरेको हृविगंरले सैनामैना-१ रानिबगीयाबाट रामापुरतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

हृविंगरको लापरबाहीले गम्भीर दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयहरुले पूर्व-पश्चिम राजमार्गको मुर्गियामा सडक अवरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment