Comments Add Comment

भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको निधन

३१ साउन, काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका ९३ वर्षीय वाजपेयी जुनमा नै नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान -एम्स)मा भर्ना भएका थिए ।

किड्नीमा संक्रमण र अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री भए । सन् १९९६ मा १३ दिन, १९९८-१९९९ र अन्तिम पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री रहे । उन कवि र समावेशी राजनीतिका पर्याय पनि हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment