Comments Add Comment

‘मन्द बिष’ घुलेको हावामा यसरी बाँचेको छ सिसडोल (फोटोफिचर)


३१ साउन, काठमाडौं । सुन्दर गाउँ सिसडोल एक दशक अघि एउटा स्वर्गको टुक्रा जस्तो थियो । अहिले सिसडोलको परिचय फोहोरसँग मात्रै गाँसिएको जस्तो स्थिति बनेको छ । काठमाडाैंको डम्पिङ साइट बनेपछि सिसडोलकाे सबै लुटिएको बताउँछन् स्थानीय बासिन्दा ।

हाल काठमाडौंको फोहोर महिनौंदेखि नियमित रुपमा उठ्न सकेको छैन । सिसडोलको  ल्याण्डफिल्ड साइटमै समस्या भएको भन्दै महानगरले नियमित रुपमा फोहोर उठाउन नसकिएको बताउँदै आएको छ ।

२०६२ सालमा ३ वर्षका लागि भनेर अस्थायी रुपमा बनाइएको सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा अझै पनि फोहोर फालिँदैछ । तर, अब सिसडोलले काठमाडौंको फोहोर थेग्न सक्ने स्थिति छैन ।

सोमबार अनलाइनखबरको टोली त्यहाँ पुग्दा फोहोरका कारण त्यहाँका स्थनीय काठमाडौंका भन्दा बढी पीडित  छन् भन्ने देखियो । कतिसम्म भने त्यहाँको ल्याण्डफिल्ड साइट व्यवस्थापन नगर्दा र बाटोको दरावस्थाका कारण साइटमा पुग्न नसकेका सयौं ट्रक ट्रिपर लाइनमा छन् । त्यसका कारण घरको अगाडि जाममा फसेका गाडीमा रहेको फोहोरको दुर्गन्धले स्थानीयलाई सास फेर्न मुस्किल छ ।

महानगरका अधिकारीहरु नै सिसडोलमा फोहोरको पहिरो जानसक्ने चेतवनी दिइरहेका छन् । तर पनि काठमाडौंमा फोहोर व्यवस्थापनको अल्पकालीन र दीर्घकालीन योजना गम्भीर छलफल भएको छैन ।

स्थानीयका अनुसार काठमाडौंको फोहोरले प्राकतिक रुपमा सुन्दर सीसडोललाई कुरुप मात्रै बनाएको छैन, हावामा पनि विष घोलिदिएको छ । यसलाई सहेर बाँचेकाहरु भन्छन्-‘शहरलार्इ स्वर्ग बनाउन हामी मर्नुपर्ने हो ? मन्द बिषजस्तो हावाले यति सुन्दर गाउँ नर्कजस्तो बनाइदियो । कति सहने हामीले ? ‘




भिडियो पनि हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment