Comments Add Comment

नेपाल-अष्ट्रेलिया द्धिपक्षीय परामर्श सयंन्त्रको पहिलो बैठक काठमाडौंमा

३१ साउन, काठमाडौं । परराष्ट्र सचिव शंकर दास वैरागीले काठमाडौंमा सुरु भएको नेपाल-अष्ट्रेलिया द्विपक्षीय परामर्श सयंन्त्रको पहिलो बैठकको उद्घाटन गरेका छन् ।

बैठकको उदघाटनको क्रममा सम्बोधन गर्दै उनले नेपाल सरकारको विदेश नीति र विकास कार्यमा सरकारको प्राथमिकताहरुको बारेमा धारणा व्यक्त गरे ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका अधिकारीहरु र अष्ट्रेलियाको तर्फबाट विदेश मामिला र व्यापार विभागका अधिकारीहरु सम्मिलिन प्रतिनिधीमण्डलले द्विपक्षीय हितको बारेमा छलफल गरेका छन् ।

दुवै देशका प्रतिनिधीमण्डलले दुई देशबीचको कुटनीतिक सम्बन्ध अझै सुधार गर्नुपर्नेमा जोड दिए । त्यस्तै उच्चस्तरीय भ्रमण, सहकार्य, पर्यटन मानवसंशाधन, उर्जा, शिक्षा एकअर्काबीच सहयोग आदानप्रदानको लागि छलफल भयो ।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव तपस अधिकारीले गरेका छन् भने डिएफएटीका उपसचिव एन्ड्रयु कोलिन्सले अष्ट्रेलियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालय र अष्ट्रेलिया सरकारको विदेश मामिला र व्यापार विभाग बीच सन् २०१७ जुलाई १४ मा द्विपक्षीय परामर्श संयन्त्रको स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment