Comments Add Comment

ओम बैकद्वारा विद्यालयलाई कम्प्युटर प्रदान


३१ साउन, काठमाडौं । ओम डेभलपमेन्ट बैंकले कास्कीको भुम्दीस्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक बिद्यालयलाई डेक्सटप कम्प्युटर प्रदान गरेको छ ।

बिद्यालयमा आज आयोजित एक समारोहका बीच बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलकाजी गुरुङ र प्रधानाध्यापक मधु प्रसाद बराललाई बैकका बिरौटा शाखाका शाखा प्रबन्धक विजय ढकालले उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन । सो बिद्यालयमा हाल कक्षा १ देखी १० सम्म गरी १६५ जना बिधार्थी अध्ययनरत छन् ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment