Comments Add Comment

भियतनामसँग पनि हार्‍यो नेपाल

३१ साउन, काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बिहीबार नेपालको २३ वर्षमुनिको टिम भियतनामको २३ वर्षमुनिको टिमसँग २-० ले पराजित भएको छ ।

इन्डोनेसियाको विबावा मुक्ति रंगशालामा भएको खेलमा भियतनाले नेपाललाई खेलभर दवावमा राखेको थियो । नेपालले खेलको ३१ औं मिनेटमा र ६३ औं मिनेटमा गोल खाएको हो ।

पहिलो खेलमा जापानसँग १-० ले पराजित भएको नेपालले भियतनामसँग सुधारिएको खेल देखाउने अपेक्षा गरिए पनि गोलको खडेरी तोडिन सकेन ।

समूह ‘डी’मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा अगस्ट १९ मा पाकिस्तान यु-२३ सँग खेल्नेछ ।

खेलमा ६ प्रहार मात्रै गरेको नेपालले पोस्टको दिशामा एउटै राम्रो प्रहार गर्न सकेन । भियतनामले नेपालको पोस्टको दिशामा गरेका २० प्रहारमा ६ प्रहार उत्कृष्ट रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment