Comments Add Comment

नितिनको ‘गीत गजल’मा सारा


चलचित्र ‘जोनी जेन्टलम्यान’ निर्देशन गरेका निर्देशक नितिन चन्दले यो चलचित्रबाट खासै सफलता पाएनन् । यो चलचित्रबाट खासै सफलता नपाएपछि उनले केही समय ब्रेक लिए । तर, अब ‘जोनी जेन्टलम्यान’ रिलिज भएको एक बर्षपछि नितिनले नयाँ चलचित्र निर्देशन गर्ने तयारी थालेका छन् । चलचित्रको बारेमा जानकारी भदौको पहिलो सातामा दिइने र दोश्रो साताबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

अनलाइनखबरलाई प्राप्त खबरअनुसार, यो चलचित्रमा नायिकाको रुपमा सारा सिर्पालीलाई फाइनल गरिएको छ । नायक भने नयाँ राख्ने तयारी निर्माणपक्षले गरेको छ । चलचित्रको बिषयमा अन्य जानकारी केही पनि दिइएको छैन । लभस्टोरी कथामा यो चलचित्र बन्नेछ । नितिनले चलचित्र ‘जोनी जेन्टलम्यान’मा नायक पल शाह र नायिका आँचल शर्मालाई मुख्य भूमिकामा राखेका थिए । तर, अब उनले यसपटक भने कलाकार परिवर्तन गरेका छन् । चलचित्रको नाम ‘गीत गजल’ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment