Comments Add Comment

फेरियो प्रदिपको ‘रोजी’को नाम


भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रोजी’को नाम परिवर्तन गरिएको छ । अब, यो चलचित्रको नाम ‘रोजी’बाट ‘रोज’ राखिएको छ । काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग चलचित्रको नाम मिल्ने दाबी गर्दै पटक–पटक नाम परिवर्तनका लागि दबाब दिएका थिए ।

बिहिबार चलचित्र विकास बोर्डमा निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम् नानीमैया महर्जनबीच भएको बार्तामा चलचित्रको नाम ‘रोजी’ नराख्ने, सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता गरिएको हो । अब, रोजीको परिवारले पनि यो चलचित्र रिलिजको क्रममा कुनै वाधा गर्नेछैन ।

चलचित्रका निर्देशक निरक पौडेलले भने–‘मृतकको संवेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं । कानुनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको संबेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहको छ ।’

गोपिकृष्ण मूभिजको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment