Comments Add Comment

नैनसिंहको एसएमएसले दियो नेविसंघ भंग हुने संकेत

३१ साउन, काठमाडौं । तीन महिनाभित्र अधिवेशन गर्ने कार्ययोजना पर्खिरहेका नेवि संघका नेताहरु त्यसबेला झस्किए, जब बिहीबार अध्यक्ष नैनसिंह महरको एसएमएस आयो ।

महरले ‘रिस्क जोनमा परियो, महाधिवेशन हुने आधार नबनी म कार्ययोजना बुझाउन नसक्ने भएँ‘ भन्दै सहजीकरण संयन्त्रका सदस्य  र नेवि संघका नेताहरुलाई एसएमएस गरेका हुन् ।

जबकी सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको सहजीकरण संयन्त्रले महर नेतृत्वको कार्यसमितिलाई २३ साउनमा नै २ भदौभित्र तीन महिनामा अधिवेशन गर्ने कार्ययोजना पेश गर्न भनेको छ । नभए यो कार्यसमिति स्वतः भंग हुने संयन्त्रले प्रष्ट पारेको छ ।

२ भदौ आउन दुई दिन बाँकी हुँदा महरले गरेको एसएसएसले नेवि संघको वर्तमान कार्यसमिति भंग हुने लगभग पक्का भएको छ ।

महर नेतृत्वको कार्यसमिति निर्वाचित भएको २ वर्ष २ भदौमा पुग्छ। संघको विधानअनुसार ३ महिना म्याद थप्न सकिन्छ तर, यसका लागि कांग्रेस केन्द्रीय कार्यसमिति तयार हुनुपर्छ ।

सहजिकरण समितिलार्इ समेत विश्वास दिलाउन नसकेको महर नेतृत्वको नेविसंघको म्याद केन्द्रीय कार्यसमितिले थप्ने सम्भावना नरहेको एक नेताले बताए ।

नेवि संघमा पार्टी सभापति शेरबहादुर देउवा समूहका महर अल्पमतमा छन् । त्यसैले देउवा समूह वर्तमान कार्यसमिति भंग गरेर आफू अनुकुल तदर्थ समिति बनाउने दाउमा लागेको अर्को पक्षको आरोप थियो । यसका बाबजुद असफल नेताको दाग लाग्नबाट जोगिन महरले पछिल्लो समय अधिवेशन गर्ने संकेत दिएको रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका विद्यार्थीको बुझाइ थियो ।

तर, बिहीबार महरको एसएमएस आएपछि उनीहरुले निष्कर्ष निकालेका छन्, यो त समय गुर्जार्ने खेल पो रहेछ ।’ साथै अधिवेशन नगरी तदर्थ समिति बनाउने योजनाविरुद्ध उत्रने नीति लिएका छन् ।

नैनसिंह महरले भने यसबारे कुरा गर्न चाहेनन् । अधिवेशन गर्ने कार्ययोजना बन्यो त भन्ने प्रश्नमा उनले भने, ‘यसबारे पछि कुरा गरौंला ।’

३२ वर्ष सबैलाई काउसो

नेविसंघको विधानमा नेतृत्वका लागि ३२ वर्षको उमेर हद राखिएको छ । तर, यो पार्टीले बनाएको भन्दै सबै यसविरुद्ध एक देखिएका थिए ।

नैनसिंह मात्र होइन, कुन्दनराज काफ्लेहरु पनि विधान संशोधन गरेर यसलाई हटाउन दाउमा थिए । तर, पार्टी नेतृत्व यसमा तयार छैन । नेविसंघका एक पूर्वअध्यक्ष भन्छन्, ‘यो उमेर हद कुनै हालतमा हट्दैन । अब तदर्थ समिति बन्दा पनि यसलाई स्वीकार गरेर अघि बढ्छौं ।’

यसो हुँदा नेविसंघको नेतृत्वमा अहिले फ्रन्टमा नरहेका अनुहार आउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment