+
+

क्यान्सरको उपचारमा किमोथेरापीः के हो र कसरी गरिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १ गते ८:०१

अहिले धेरै सुनिरहने शब्द हो, किमोथेरापी । धेरैलाई लाग्दो हो, यो के हो ? कस्तो उपचार विधी हो ? किन गरिन्छ ? कसरी गरिन्छ ?

किमोथेरापीमा क्यान्सर कोषहरुलाई नष्ट गर्न औषधिहरुको उपयोग गरिन्छ । यसले क्यान्सरको कोषहरुलाई अरु कोषहरुलाई बनाउन, बढ्न र विभाजित गर्नबाट रोकेर काम गर्छ । किनभने क्यान्सरका कोषहरु आमरुपमा सामान्य कोषहरुको तुलनामा तिव्र रुपमा बढ्छ र विभाजित हुन्छ ।

यसैले किमोथेरापी गर्दा यसले क्यान्सर कोषहरुमा अधिक प्रभाव पर्छ । तर किमोथेरापीको लागि उपयोग गरिने औषधिहरु यति धेरै शक्तिशाली हुन्छन् कि कहिँलेकाँही त्यसले उनीहरु स्वस्थ कोषहरुलाई पनि असर गर्न सक्छन् ।

विभिन्न प्रकारका किमोथेरापी

यीनै शक्तिशाली औषधिहरुको साथमा उपचारलाई मानक किमोथेरापी,  पारम्परिक किमोथेरापी वा साइटोटोक्सिक किमोथेरापी भनिन्छ ।

कैयौं अन्य प्रकारका औषधिहरुले पनि क्यान्सरको उपचार गर्छन् । कैयौं नयाँ औषधिहरुलाई लक्षित थेरापी भनिन्छ । लक्षित औषधिहरुले क्यान्सर कोषहरुमा पाइने जिन वा प्रोटिनलाई अवरुद्ध गरेर क्यान्सरको कोषहरुलाई नोक्सान पुर्याउँछ ।

यो उपचार विधिले विशेष रुपमा क्यान्सर कोषहरु रोक्ने काम त गर्छ तर, यो विभिन्न साइड इफेक्ट्हरुको कारण पनि बन्छ । यसले स्वस्थ कोषहरुलाई कम गर्छ ।

त्यस्तै अन्य प्रकारको क्यान्सर थेरापीमा हार्मोन र औषधिहरु समावेश छन् जसले क्यान्सरबाट लड्नको लागि प्रतिरक्षा प्रणालीको साथमा काम गर्छ । यसलाई एक प्रकारको उपचार इम्युनोथेरापी पनि भनिन्छ ।

किमोथेरापीले क्यान्सरको उपचार कसरी गर्छ ?

सर्जरी वा विकिरण चिकित्साभन्दा पहिले ट्युमरलाई कम गर्नको लागि किमोथेरापी गरिन्छ । यसलाई नियोएड्जुभेन्ट किमोथेरापी भनिन्छ ।

सर्जरी वा विकिरण थेरापीपछि पनि शेष क्यान्सर कोषहरुलाई मार्नको लागि पनि किमोथेरापी गरिन्छ । यसलाई सहायक किमोथेरापी भनिन्छ ।

रक्त वा लिम्फोटिक प्रणालीको क्यान्सरको उपचार गर्नको लागि एकमात्र उपचारको रुपमा पनि किमोथेरापी प्रयोग गरिन्छ । जस्तैः ल्युकेमिया र लिम्फोमा ।

उपचार पछि फेरि बल्भिmने क्यान्सरको उपचारको लागि पनि किमोथेरापी गरिन्छ । जसलाई आवर्टी क्यान्सर भनिन्छ ।

शरीरको अन्य भागमा फैलिने क्यान्सरको उपचारको लागि किमोथेरापी गरिन्छ । जसलाई मेटास्टेटिक क्यान्सर भनिन्छ ।

किमोथेरापीको लक्ष्य

किमोथेरापीको लक्ष्य कुन खाले क्यान्सर हो र यो कति टाढासम्म फैलिएको छ भन्नेमा भर पर्छ । कहिलेकाँही उपचारको लक्ष्य क्यान्सरबाट छुटकारा पाउन र यसलाई बल्भिmनबाट रोक्ने हुन्छ ।

यदि यो क्यान्सर पूर्ण रुपमा निदान गर्न सम्भव छैन भने क्यान्सरको विकास सुस्त बनाउन वा गति ढिलो बनाउन किमोथेरापी गर्न सकिन्छ ।

क्यान्सरको विकासमा ढिलाईको लक्ष्यको साथमा गरिने किमोथेरापीलाई कहिलेकाँही पेलिएटिभ किमोथेरापी भनिन्छ ।

किमोथेरापीको योजना

क्यान्सरको उपचारका लगि कैयौं औषधिहरु उपलब्ध छन् । औषधिको साथमा क्यान्सरको उपचारमा माहिर डाक्टर जसलाई क्यान्सरको विशिष्ट चिकित्सक उनले तपाईको किमोथेरापी निर्धारित गर्छन् ।

तपाई औषधिहरुको संयोजन प्राप्त गर्न सक्नुहुन्छ किनभने कहिले काँहि यसले एउटा औषधिभन्दा राम्रो काम गर्छ ।

किमोथेरापी निम्न कारकहरुमा भर पर्छः

-क्यान्सरको प्रकार

-ट्युमरको आकार, यो कहाँ फैलिएको छ त्यो स्थान जसलाई क्यान्सरको बेसपनि भनिन्छ

-तपाईंको उमेर र सामान्य अवस्था

-तपाईं कुनै साइड इफेक्टलाई कति सामना गर्न सक्नुहुन्छ

-तपाईंमा अन्य स्वास्थ्य समस्या

-पछिल्लो क्यान्सरको उपचार

किमोथेरापी कति समयसम्म लिइन्छ ?

किमोथेरापी अक्सर एक विशिष्ट समयको लागि दिइन्छ जस्तो ६ महिना वा १ वर्ष । जबसम्म यसले काम गर्छ तबसम्म किमोथेरापी दिन सकिन्छ ।

कैयौं औषधीहरुबाट हुने साइडइफेक्टले हरेक दिन उपचार गर्न गाह्रो हुन्छ । डाक्टरहरुले आम रुपमा यी औषधीहरुलाई केही समयको अन्तरालमा दिन्छन् । यसैले तपाईंसँग अघिल्लो उपचार भन्दा पहिले आराम गर्न र ठिक हुने समय हुन्छ । यसले तपाईको स्वस्थ कोषहरुलाई ठिक गर्न दिन्छ ।

उदाहरणको लागि तपाईलाई पहिलो दिन किमोथेरापी दिइन्छ र त्यसपछि उपचारलाई दोहोर्याउन भन्दा पहिले ३ साताको रिकभरीको समय हुन्छ । प्रत्येक ३ साताको अवधीलाई उपचार चक्र भनिन्छ । कैयौं चक्रले किमोथेरापीको एक कोर्स बनाउँछन् । एक कोर्स आमरुपमा ३ महिना वा त्योभन्दा धेरै रहन्छ ।

केही क्यान्सर चक्रकमा रिकभरीको समय कम गरेर पनि उपचार गरिन्छ । यसले केही क्यान्सरको विरुद्धमा किमोथेरापीलाई अधिक प्रभावी बनाउन सक्छ । तर, यसले साइडइफेक्टको जोखिम पनि बढाउँछ । तपाईंको स्वास्थ्य हेरचाह टिमसँग सबैभन्दा राम्रो कार्यक्रमको बारेमा कुरा गर्नुहोस् ।

किमोथेरापी कसरी दिइन्छ ?

पेरिटोनियम वा पेटको किमोथेरापीः केही क्यान्सरको लागि औषधिलाई सिधा तपाईको पेटमा राखिन्छ । पेट तपाईको लागि चिकित्सा शब्द हो । यस प्रकारको उपचारले पेरिटोनियमसँग जोडिएको क्यान्सरको लागि काम गर्छ । पेरिटोनियमले पेटको भित्रीसतहलाई ढाकेको हुन्छ । पाठेघरको क्यान्सर पनि एक प्रकारको क्यान्सर हो जो प्राय पेरिटोनियममा फैलन्छ ।

टोपिकल किमोथेरापीः तपाईं आफ्नो छालामा लगाइएको कि्रममा केही प्रकारको किमोथेरापी लिन सक्नुहुन्छ । तपाईले फार्मेसीमा आफ्नो औषधि लिएर र यसलाई घर लैजान सक्नुहुन्छ ।

अन्तःशिरा वा आइभी किमोथेरापीः कैयौं औषधीहरुलाई सिधै नशामा इन्जेक्सनको आवश्यकता हुन्छ । यसलाई अन्तःशिरा वा आइभी किमोथेरापी भनिन्छ ।

यस उपचारमा केही मिनेट लाग्छ । केही आइभी औषधिहरुले राम्रो काम गर्छन् । यसको लागि केही दिन वा हप्तामा प्राप्त गर्नुपर्छ । यसलाई एक सानो पम्पको माध्यमले लिइन्छ । यसलाई निरन्तर इन्फ्युजन किमोथेरपाी भनिन्छ ।

मौखिक किमोथेरापीः तपाईं मुखबाट पनि केहि औषधिहरु लिन सक्नुहुन्छ । औषधि क्याप्सुल वा तरलमा हुन सक्छ । यसको मतलब तपाई फार्मेसीमा आफ्नो औषधि लिएर घरमा जान सक्नुहुन्छ ।

क्यान्सरको लागि मौखिक उपचार धेरैले गर्छन् किनभने लक्षित चिकित्साको लागि उपायोग गरिने कैयौं औषधिहरुलाई यसरी नै प्रयोग गर्न सकिन्छ । यस उपचारमा केही औषधिहरु दैनिक दिइन्छ र अन्यलाई अक्सर कम दिइन्छ । उदाहरणको लागि ४ साताको लागि एक औषधि दिइन्छ त्यसपछि फेरि २ साताको ब्रेक दिइन्छ ।

इन्जेक्सन किमोथेरापीः तपाईंले एक सटको रुपमा किमोथेरापी प्राप्त गर्नुसक्नुहुन्छ । केही अवस्थामा औषधि मांसपेसीमा दिइन्छ जबकी अन्य अवस्थामा औषधिहरुलाई छालाको तल इन्जेक्सन दिइन्छ । हात, खुट्टा वा पेटबाट इन्जेक्सन दिइन्छ ।

धमनीमा किमोथेरापीः धमनी एक रक्त वाहक हो जसले तपाईंको मुटुबाट रगतलाई शरीरको दोस्रो भागमा लैजान्छ । कहिलेकाँही किमोथेरापीलाई धमनीमा इन्जेक्सनले दिइन्छ

क्यान्सरको लागि अन्य औषधिउपचार

किमोथेरापीको लागि उपयोग गरिने पारम्परिक औषधीहरु कैयौं क्यान्सरको उपचारको एक महत्वपूर्ण हिस्सा हो । यी औषधिले क्यान्सरको कोष र स्वस्थ कोष दुवैलाई प्रभावित गर्छ ।

अहिले वैज्ञानिकहरुले नयाँ औषधि तयार गरेका छन् जसले क्यान्सरको उपचारको लागि विशेष रुपले काम गर्छ । तर, यो उपचार विभिन्न साइडइफेक्टको कारण पनि बन्न सक्छ ।

डाक्टरहरुले यी नयाँ क्यान्सर औषधिहरुको उपयोग केवल औषधि उपचारको रुपमा गर्न सक्छन् । तर, उनीहरु आमरुपमा पारम्परिक किमोथेरापीमा जोडिन्छन् ।

यी प्रकारको उपचारमा निम्न समावेश छन् ।

लक्षित थेरापीः यो उपचारले क्यान्सर कोषहरुमा पाइने जीन वा प्रोटिनलाई लक्षित र अक्षम गर्छ । जसलाई क्यान्सर कोषहरु विकास गर्ने आवश्यकता हुन्छ ।

इम्युनोथेरापीः यस खालको उपचारले तपाइर्ंको शरीरलार्य प्राकृतिक सुरक्षा क्यान्सरबाट लड्नमा मद्धत गर्छ । यो उपचारको उपयोग आजकाल केही प्रकारको क्यान्सरको लागि गरिन्छ र भविष्यमा क्यान्सरको उपचारमा तिव्रतापूर्वक भूमिका निभाउँछ ।

हार्मोन थेरापीः यो उपचारले तपाईको शरीरमा हार्मोनको मात्रा बदल्छ । हार्मोन रसायनिक हुन्छ जसले तपाईको शरीरलाई स्वभाविक रुपले बनाउँछ । यसले केही कोषहरु वा अंगको गतिविधिलाई नियन्त्रण गर्नमा मद्धत गर्छ ।

हार्मोनको स्तरले कैयौं प्रकारको क्यान्सरलाई नियन्त्रित गर्ने भएकाले डाक्टरहरुले हार्मोन थेरापीको उपयोग गर्छन् । यसमा केही स्तन र प्रोस्टेट क्यान्सर समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?