Comments Add Comment

पद्मरत्न तुलाधरको भीमरथारोहण १७ भदौमा

३१ साउन, काठमाडौं ।  मानव अधिकार, जाति भाषा समानता, नागरिक आन्दोलनका अगुवा तथा शान्ति प्रक्रियाका सूत्रधार पद्मरत्न तुलाधरको भीमरथारोहण (ज्याःजंक्व) भदौ १७ गते मनाइने भएको छ ।

यसका लागि लक्ष्मीदास मानन्धरको नेतृत्वमा मूल समारोह समिति नै बनेको छ । समितिका अनुसार भोलिदेखि विभिन्न गोष्ठीलगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ । यस अतिरिक्त नेपालको मानव अधिकार आन्दोलन, पत्रकारिता र शान्ति प्रक्रियामा तुलाधरको भूमिका र योगदानबारे गोष्ठी तथा परिचर्चा कार्यक्रमको आयोजना गरिने छ ।

नेपाल संवत् आन्दोलन,आदिवासी जनजाति आन्दोलन र नेवाः आन्दोलनमा उनको योगदानका विषयमा विचार गोष्ठी गरिनेछ भने साहित्यिक व्यक्तित्वबारे पनि छलफल कार्यक्रम गरिने छ । नगर सफाइ र रक्तदान कार्यक्रम पनि गरिनेछ ।

नेवार समाजमा कुनै व्यक्तिको ७७ वर्ष ७ महिना ७ दिनका अवसरमा गरिने एउटा अत्यन्त महत्वपूर्ण धार्मिक सांस्कृतिक संस्कार ज्याःजंक्व हो । तुलाधरको धार्मिक विधिअनुसार ज्याःजंक्व गरिने कार्यक्रम रहेको छ ।

भीमरथारोहण मनाउने सिलसिलामा आयोजना गरिने सबै कार्यक्रमहरूको संयोजन गर्न उद्योग व्यवसायी एवं समाजसेवी लक्ष्मीदास मानन्धरको अध्यक्षतामा ‘पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समिति’ गठन गरिएको छ । उक्त समितिको मूल अंगको रुपमा एउटा संरक्षक समिति पनि गठन गरिएको छ । उक्त संरक्षक समितिमा जनकवि दुर्गालाल श्रेष्ठ, भृगुराम श्रेष्ठ, मल्ल के. सुन्दर, नरेशवीर शाक्य र गणेश साय्मि सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment