Comments Add Comment

मिर्गौला खराब हुनबाट यसरी बचौं, सुरुवातमा देखिन्छ यी लक्षण

‘मलाई बचाउनुहोस्’ सडकदेखि सामाजिक सञ्जालसम्ममा यस्तो याचना गरिरहेका मार्मिक दृश्य हामी देख्न सक्छौं । तपाईं सडक पेटीबाट हिँड्दै गर्दा यस्तो आवाज सुन्नुहुनेछ, ‘ मिर्गौला खराब भएकाले उपचारको लागि सहयोग गरिदिनुहोला ।’

सामाजिक सञ्जालमा पनि ठ्याक्कै यस्तै व्यहोराको आर्तनाद देख्न सकिन्छ ।

यसको मतलब के भने, अहिले मिर्गौला रोगी बढ्दैछ । बिडम्बना चाहि यो रोगले ग्रस्तहरु उपचारको अभाव झेलिरहेका छन् । किनभने मिर्गौंलाको उपचार खर्चिलो मात्र होइन, कतिपय अवस्थामा असंभव पनि छ ।

बढ्दो मिर्गौला रोगी

आजभोली मानिसहरुको बदलिँदो जीवनशैली र खानपानमा गलत बानीको कारण धेरैलाई मिर्गोलाको रोग हुन थालेको छ । मिर्गौला रोगको कारण वर्षमा लाखौं मानिसको मृत्यु हुने गरेको छ ।

हाम्रो देश नेपालमा पनि वर्षेनी हजारौंले मिर्गौला रोगको कारणले मृत्युवरण गर्ने गरेका छन् । गलत जीवनशैली र खानपानले हाम्रो मिर्गोलालाई नराम्रोसँग प्रभावित गर्छ जसको कारण मिर्गौलाले राम्रोसँग रगत फिल्टर गर्न सक्दैन ।

रगत फिल्टर वा सफा भएन भने यसमा हुने विषाक्त पदार्थहरु एकैठाउमा जम्मा भएर मिर्गौला लगायत अन्य अंगलाई क्षति पुर्याउँछन् ।

मिर्गौलामा हुने लाखौं नेफ्रोन नलिहरुले रगतलाई छानेर शुद्ध बनाएर शरीरमा पठाउँछ भने रगतमा भएका अनावश्यक कुराहरुलाई पिसावको रुपमा वाहिर निष्काशन गर्छ ।

सुरुवाती अवस्थामा मिर्गौला रोग कति खतरनाक हुन सक्छ भन्ने थाहा हुँदैन तर, यसलाई वेवास्ता गर्ने हो भने यो बढेर दुवै मिर्गौला खराबहुने अवस्थासम्म पुग्नसक्छ ।

घातक किड्नी डिजिजले अहिले विश्वको लगभग १० प्रतिशत जनसंख्याको जीवन प्रभावित गरेको छ ।

हामीले स्वस्थ जीवनशैली नअपआउने हो भने मिर्गौलाई भारी नोक्सान हुन्छ । त्यसैले आज हामी मिर्गौंवलाको रोगको कारणहरु र लक्षणहरुको बारेमा जानकारी दिन गइरहेका छौं :

मिर्गौला रोग के कारणले लाग्छ ?

हाम्रो देशमा मिर्गौला रोगीको संख्या दैनिक रुपमा बढीरहेको छ । मधुमेह र अधिक तनावबाट पीडित व्यक्ति यसको चपेटामा धेरै आउने गरेका छन् । मधुमेहका ३० देखि ४० प्रतिशत बिरामीहरुको मिर्गौंला खराब हुन्छ ।

दुखाई निवारक औषधिहरुको धेरै सेवन र वैकल्पिक चिकित्सामा प्रयोग हुने विभिन्न धातुहरुको सेवनले पनि मानिस मिर्गोला रोगको शिकार हुन्छन् । मिर्गोला रोगको उपचार आज पनि सिमित र महंगो छ ।

यसमध्ये ५० प्रतिशत बिरामी यस्ता हुन्छन् उनीहरुलाई धेरै ढिलो यो रोगको बारेमा थाहा हुन्छ र फेरी  उनीहरुलाई डायलिसिस वा मिर्गौला प्रत्यारोपण गराउन पर्छ ।

कुनै बिरामीको एकमात्र किड्नी खराब भएमा अर्को मिर्गौलाले काम गर्छन तर जब कुनै बिरामीको दुवै मिर्गौंला खराब हुन्छ त्यसलाई कुनै पनि किसिमले पहिलेको जस्तो अवस्थामा ल्याउन सकिँदेन ।

यसलाई किड्नीको मृत्यु वा मिर्गौंला फेल पनि भनिन्छ । यो अवस्थामा बिरामीलाई मिर्गौंला प्रत्यारोपणद्धारा नै बचाउन सकिन्छ ।

यस्ता छन् मिर्गौला रोगका लक्षणः

-उच्च रक्तचाप

-हड्डीहरु दुख्ने

-फिँजयुक्त र रक्ताम्य पिसाव आउने

-पिसावको मात्रा परिवर्तन वा बारम्बार पिसाबको लागि जाने

-एनेमिया बढ्ने

यस्ता सुरुवाती लक्षणहरु देखिएमा हामी सर्तक हुन पर्छ ताकी बेलैमा यसको उपचार सम्भव होस् । पछि मिर्गौला खराब भयो भने प्रत्यारोपण धेरै जटिल र महंगो हुन्छ । त्यस्तै डायलोसिसको लागि पनि महंगो पर्छ ।

मिर्गौला निष्क्रियताको चरण

तत्काल मिर्गौला खराब हुनुः यसमा मिर्गौलाहरु तत्कालिन रुपले अचानक खराब हुन्छ ।

तिव्र किड्नी बिफलः कसैको किड्नी अचानक केही दिन वा केही घण्टाको लागि काम गर्न बन्द हुने गर्छ, केही घण्टा वा केही समयपछि नै मिर्गौला फेरि आफै सक्रिय हुन्छ ।

दिर्घकालिन किड्नी विफलः यो स्थितीमा व्यक्तिको किड्नी विस्तारै क्षतिग्रस्त भएर पुरै तरिकाले निष्कृय हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment