Comments Add Comment

‘पद्मावत’को अफर रिजेक्ट गरेका थिए प्रभासले

‘बाहुबली’ र ‘बाहुबली २’ को किर्तिमानी सफलतापछि रातारात सुपरस्टार बने अभिनेता प्रभास । उनलाई आफ्नो फिल्ममा लिन नामी-नामी निर्माता-निर्देशकहरुको लाइन लाग्यो ।

यीमध्ये एक थिए, निर्देशक सञ्जय लिला भन्साली । उनले आफ्नो महत्वाकांक्षी प्रोजेक्ट ‘पद्मावत’ मा दिपिका पादुकोणको अपोजिटमा खेल्न प्रभासलाई अफर गरेको हालै खुलासा भएको छ । तर, प्रभासले सो अफर स्वीकार गरेनन् ।

प्रभासलाई भन्सालीले राजा रावल रतन सिंहको भूमिकामा अफर गरेका थिए । जबकि यो फिल्ममा खिलजीको क्यारेक्टर शक्तिशाली थियो, जसका लागि रणवीर सिंहलाई लिइएको थियो । स्त्रिmप्ट पढ्नेवित्तिकै प्रभासले नाक खुम्च्याए । दिपिकाको अपोजिटमा भए पनि एउटा निरिह र कमजोर भूमिका उनलाई मन परेन ।

उनी खासमा खिलजीको रोलमा लोभिएका थिए । तर, निर्देशक भन्सालीले यो रोलका लागि रणवीर सिंहलाई अनुवन्धित गरिसकेका थिए । त्यसैले अन्ततः पद्मावत जस्तो ठूलो प्रोजेक्ट उनले छोडिदिए ।

प्रभासले छोडेको रोलमा शाहिद कपुरले अभिनय गरे । शाहिदको करिअर खासै उकालो लागिरहेको अवस्था नरहेकाले उनका लागि यो रोल पाउनु पनि ठूलो कुरा थियो । त्यसैले सहजै स्वीकारे ।

यसै वर्ष प्रदर्शनमा आएको पद्मावत व्यापारिक रुपमा सफल भयो । तर, यो सफलताको श्रेय भने दिपिका पादुकोण र रणवीर सिंहलाई गयो । शाहिदलाई खासै फाइदा भएन । प्रभासले यो रोल छोडेर बुद्धिमानी नै पुर्‍याएको मान्नुपर्छ । किनकी बाहुबलीमा शक्तिशाली भूमिका गरेका उनको क्रेज यो रोलले कमजोर बनाउन सक्थ्यो ।

प्रभास अहिले अर्को फिल्म ‘साहो’ मा व्यस्त यसमा उनी श्रद्धा कपुरको अपोजिटमा देखिदैछन् । यो फिल्मका लागि उनले ३० करोड पारिश्रमिक लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment