Comments Add Comment

अनौठो जीव, जुन खाना नखाई ३० वर्षसम्म बाँच्न सक्दछ

यो दुनियाँकै सबैभन्दा अद्भुत जीव हो । देख्दैमा अनौठो लाग्ने यस जीवको क्षमता झनै अकल्पनीय छ । यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिकहरु पनि नयाँ निष्कर्षमा पुग्न बाध्य भए । पृथ्वीमा प्रलय भएर एकदिन सबै जीवको अस्तित्व समाप्त हुनेछ भन्ने मान्यतालाई यो जीवले गलत सावित गरिदिनेछ ।

वैज्ञानिकहरुले यो जिवलाई अजम्बरी जीवको उपमा दिएका छन् । यो जीवको नाम वाटर रिज हो । यो जीव ब्रम्हाण्डमा पत्ता लागेका सबै ग्रहहरुमा सजिलैसँग बाँच्न सक्नेछ । कुनै पनि चिज नखाइकन यो जीव ३० वर्षसम्म बाँच्न सक्दछ । यतिमात्र होइन, यो जीव १ सय ५० डिग्री सेल्सियसको तापक्रममा पनि बाँच्दछ ।

समुद्रमा पाइने यो जीव समुद्रको पिँधमा पनि बस्न सक्छ र यसलाई पानीको चापले पनि कुनै असर गर्दैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment