Comments Add Comment

सिड्नीमा ‘बाध मायाले’

सिड्नी / नेपाली चलचित्रको बजार अस्ट्रेलियामा बिस्तार हुँदै गर्दा प्रत्यक हप्ता कुनै न कुनै नेपाली चलचित्र अस्ट्रेलियाको नेपाली समुदाय बीच प्रदर्शन भैरहेको हुन्छ ।

अघिल्लो हप्ता सिड्नीमा ‘पंचायेत’ प्रदर्शन भैरहँदा ‘बाध मायाले’ र ‘ चि मुसी चि’ प्रचार ब्यापक भैरहेको थियो ।

यो शनिबार र आइतबार सिड्नीमा प्रदर्शनको तयारी भएको चलचित्र ‘बाध मायाले’का नायक आर्यन अधिकारी सिड्नी आइपुगेका छन् ।

उनी चलचित्रको सिड्नी प्रदर्शनमा दर्शक हरुसँगै सहभागी हुनेछन । आर्यन अधिकारी र स्रिस्टि श्रेष्ठको रोमान्टिक अभिनय भएको भनिएको यो फिल्मको पहिलो प्रदर्शन नै अन्तरास्ट्रिय रुपमा सिड्नीबाट गरिएको चलचित्रका निर्माता महेश अधिकारिले बताए ।

नेपालमा भने यो चलचित्रको प्रदर्शन असोज ५ देखि हुने भनिएको छ । यो चलचित्रको मुख्य गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ ।

काठमाडौं र कुलेखानीको सुन्दर लोकेसनमा छायांकन गरिएको गीतमा आर्यन र सृष्टिको केमेष्ट्रि उत्कृष्ट देखिएको छ । ‘बाँध मायाले’लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

काइट्स इन्टरटेनमेन्टको ब्यानरमा रामहरी धिताल र विभिषिका श्रेष्ठले मिलेर निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता केदार धिताल हुन् ।

‘बाँध मायाले’बाट नेपाली सिनेमामा किशोर खड्काले नव-नायकको रुपमा डेव्यु गदैछन् । चलचित्रमा बाबु श्रेष्ठको छायाँकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमामा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment