Comments Add Comment

अष्ट्रेलियामा पहिलो पटक गाइजात्रा कार्यक्रम, तयारी पूरा

सिड्नी / गोरखा समाज अष्ट्रेलियाले यस पटक अष्ट्रेलियामै पहिलो पटक गाइजात्रा कार्यक्रमको आयोजना गरेको छ ।

प्रवासमा रहेर पनि आफ्नो भाषा, कला, धर्म, संस्कार र संस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्दै भाबि पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने अभिप्रायले आयोजना गरिएको कार्यक्रमको तयारी पूरा भएको छ ।

मल्टी डाइनामिक रियल स्टेटको मुख्य प्रायोजन रहेको यस कार्यक्रममा अन्य सँस्थाहरू भन्दा फरक कार्यक्रमहरू प्रस्तुत गर्दै आएको उक्त सँस्थाले यस्ता कार्यक्रमहरूबाट संकलित सहयोग रकमहरू महत्वपूर्ण सामाजिक अभियानमा सहयोग गर्दै आइरहेको छ ।

अगष्ट २६ तारिक आईतबारको दिन सिड्नीको टेम्पे पार्कमा सम्पन्न हुन गैरहेको उक्त कार्यक्रममा हिन्दु समाज अष्ट्रेलियाको संयोजनमा ऋषि तर्पणी तथा रक्षा बन्धन पनि सँगै हुने सँस्थाका सचिब शिब बन्जाराले बताएका छन् ।

नेपालका चर्चित हाँस्य कलाकारहरु तथा टेलि चलचित्र मेरी बास्सैका निर्देशकद्धय राजु मास्टर(राजु पौडेल)र बल्छी ध्रुबे(मरिचमान श्रेष्ठ)को बेजोड प्रस्तुती रहने उक्त कार्यक्रमको लागि यही अगष्ट १८ तारीक शनिबार कलाकारहरू सिड्नी आईपुग्ने तालीका रहेको छ ।

अन्य स्थानीय कलाकारहरूको बिभिन्न प्रस्तुती र चर्चित लाखे नाचको बिशेष प्रस्तुति रहने छ । उक्त कार्यक्रममा बिभिन्न नेपाली खानाका परिकारहरूको स्टल र अन्य ब्यबसायिक स्टल पनि रहनेछ र यसको तयारी पनि पूरा भैसकेको आयोजकले बताएको छ ।

अन्य सामाजिक संस्थाहरूले गर्ने भन्दा पृथक कार्यक्रमहरू प्रस्तुत गर्दै आएको यस सँस्थाले यस कार्यक्रममा गुठी समाज अष्ट्रेलियाको बिशेष लाखे नाचको प्रस्तुति र यसको तयारी पनि पुरा भैसकेको छ भने कार्यक्रम भब्य हुने आयोजकले बताएका छन् ।

यस कार्यक्रमको लागि आर्थिक रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रायोजकहरूलाई बिशेष धन्यबाद ब्यक्त गर्दै उक्त कार्यक्रममा सम्पूर्ण सिड्नीबासी प्रवासी नेपालीहरूमा उपस्थित भइ भरपुर मनोरञ्जन लिनको लागि संस्थाका अध्यक्ष त्रिलोचन पोखरेल द्वारा हार्दिक अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment