Comments Add Comment

खुल्यो सामसङ ग्यालेक्सी नोट– ९को प्रि-बुकिङ, यस्तो छ अफर

१ भदौ, काठमाडौं ।  सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी नोट– ९ स्मार्ट फोनको लागि प्रि– बुकिङ खुला गरेको छ । यो नोट श्रृंखला अन्यन्तै नवीनतम र अत्याधुनिक प्रविधिमा आधारित रहेको सामसङले जनाएको छ । अगष्ट ९ मा यो श्रृंखलाको नोट न्यूयोर्कबाट संसारभरका लागि सुरु गरिएको हो ।

यो प्रिमियम स्मार्टफोन हो । जसमा ४ हजार एमएएच ब्याट्री रहेको छ जसले अन्तिमसम्म पनि काम गर्ने गर्दछ । यस किसिमको ब्याट्री अहिलेसम्मकै नयाँ र ठूलो हो । यसमा नयाँ एस पेन कनेक्टीभिटी रहेको छ जुन प्रविधि स्मार्ट फोनमा पहिलो पटक प्रयोग भएको हो । अहिले सम्मकै सबैभन्दा उत्कृष्ट क्यामराको व्यवस्था समेत यसमा रहेको छ ।

ग्यालेक्सी नोट– ९ मा आन्तरिक रुपमा स्टोरेजका दुईवटा विकल्पहरु रहेका छन्, पहिलो १ सय २८ जीवीबाट रोज्न सकिन्छ, दोस्रो ५ सय १२ जीवीबाट । यसमा माइक्रो एसडी कार्ड पनि राख्न सकिन्छ ।

यो फोनमा १० एनएमको अत्याधुनिक प्रोसेसर र नेर्टवर्कलाई फास्ट बनाउने सपोर्ट रहेको हुन्छ जसले गर्दा विना कुनै झञ्जट डाउनलोड गर्न सकिन्छ ।

यसमा वाटर कार्वन कुलिङ प्रणाली तथा अन्यप्रविधिहरु पनि रहेका छन् । एस पेन यसको सिग्नेचर विशेषता हो ।

अहिलेसम्म कुनै पनि नोटमा नभएको ठूलो एज टु एड डिस्प्ले यो स्मार्ट फोनमा रहेको छ । ६.४ इन्चको सुपर अमोल्ड इन्फिनिटी डिस्प्लेले वास्तवमा नै तपाइँलाई मल्टीमिडियाको अनुभव दिलाउँछ ।

‘सामसङ नोट जहिले पनि हाम्रो प्रिमियम प्रविधी र उद्योग परिभाषित आविष्कार हो र ग्यालेक्सी नोट- ९ त्यसमा अपवाद छैन । यसको डिजाइन नै एक तहको परफरमेन्स, पावर र इन्टिलिजेन्सलाई दृष्टिगत गरेर गरिएको छ र अहिले उर्जाको अवस्था र उपभोक्ताको आवश्यकता र चाहनलाई पनि ख्याल गरिएको छ । नोटको प्रशंसक सामसङप्रति एकदमै निष्ठावान् छन् र उनीहरु के चाहन्छन् हामीलाई राम्रोसँग थाहा छ । ग्यालेक्सी ९ नै त्यस्तो फोन हो जुन उनीहरुको व्यस्त जीवनसाग मिल्लोजुल्दो छ,’ सामसङ नेपालको मोवाइल विजनेसका प्रमुख प्रणय रत्न स्थापितले भने ।

एक क्लिकसँगै अव सेल्फी लिन, सामूहिक तस्वीर लिन, स्लाइडहरु प्रस्तुत गर्न, भिडियो डाउनलोडगर्न तथा खेल्न सकिनुका साथै अन्य धेरै कार्यहरु गर्न सकिन्छ । यस वर्षको अन्तिमसम्म यसका डेभलपरहरुले एस पेनको नयाँ, एडभान्स विएलइ कार्यहरुलाई उनीहरुको एप्समा एकीकृत गर्नेछन् ।

ग्यालेक्सीएप्स- ९ मा रहेको क्यामरा वजारमा रहेको सबैभन्दा राम्रो र उपयुक्त रहेको कम्पनी बताउँछ । यसमा फोटो खिच्दाको अवस्थामा केही कमजोरी भएमा आफै पहिचान गरी कम गर्ने प्रविधी रहेको छ र यसमा दुईवटा एपेरेचर लेन्स रहेको छ जसले मान्छेको आँखाले जस्तै गर्ने प्रकाशलाई समायोजन गर्न सक्छ । यो एडभान्स इन्टिलिजेन्स विशेषता र लिडिङ पि्रमियम हार्डवयरको एउटा अद्वितीय मिश्रण हो ।

यसले कुनै पनि फोटोको तत्वहरु जस्तो दृश्य र कुनै वस्तु पत्ता लगाउन इन्टिलिजेन्सको प्रयोग गर्ने गर्दछ र स्वचालिकत रुपमा नै २० वटा वर्गमा विभाजित गर्ने गर्दछ । यसले वोल्ड कलरका साथै अन्य विषयहरु समेत प्रत्याभुत गर्ने गर्दछ । यो फोनको प्रयोगकर्ताले नराम्रो फोटोहरुको बारेमा चिन्ता लिनु पर्दैन किनभने केही गल्ती र कमजोरी भएमा त्यो पत्ता लगाउने प्रविधी जडान गरिएको छ, जसले गर्दा कुनै गल्ती हुन गएमा अर्काे तस्वीर लिन सकिन्छ । फोटो राम्रो नआएमा त्यसको तुरुन्तै सूचना आउने गर्छ र लेन्समा समस्या आएमा तथा पछाडिको लाइनको तस्वीरको गुणस्तरमा असर गरेमा त्यो पनि तत्काल पत्ता लाग्दछ ।

यस्तो छ प्रि बुक अफर

प्रि बुकको अफर विभिन्न एक्साइटिङ डिलहरुसँग प्याक गरिएको छ । ग्यालेक्सी नोटका प्रशंसक र अन्य उपभोक्ताहरुलाई यसको अपनत्वको अवसर प्रदान गरिएको छ । www.note9prebooking.com मा गएर प्रि वुकिङ गर्न सकिन्छ  ।

ग्यालेक्सी विशेषत तीन फरक रंगमा पाइने छ ।  मिडनाइट कालो, ओसल व्लु र मेटालिक कोपर । फोन रु १ लाख ९ हजार ९०० रूपैयाँमा उपलब्ध हुने छ । यो फोन सबै सामसुङका ब्राण्ड पसल र खुद्रापसलमा प्राप्त गर्न सकिन्छ ।

प्रि बुकिङको समयमा प्रयोगकर्तालाई एउटा एचडीएमआई एडप्टर र एउटा छालाको कभर अथवा १० हजार अतिरिक्त र एचडिएमआई एडप्टर र एउटा २४ सामसुङ करर्भ मोनिटर प्रदान गरिने छ । प्रयोगकर्ताले अन्य धेरै फाइदा र गिफ्टहरु प्राप्त गर्ने छन् । १८०० एमवी प्रमोसनल एनसेलको डाटा र शिखर इन्स्योरेन्सबाट एक वर्षको टुटफुट सम्बन्धी विमाको व्यवस्था छ ।

पहिला नै बुकिङ गर्नेहरुको बीचमा लक्की ड्र गरिने छ । पहिलो हुनेलाई टर्किश एयरलाइन्सको आउने र जाने टिकट आफूले चाहेको गन्तव्यको प्राप्त गर्ने छन् भने रनर अपले हिमालय फ्रन्ट रिसोर्ट अथवा वाटर फ्रन्ट रिसोर्टमा दुई दिन बस्ने पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment