Comments Add Comment

ठमेलमा एक रातमै सकिएको ‘मिस्टर भर्जिन’


आजबाट रिलिज भएका ४ चलचित्रमध्ये आशा गरिएको एक चलचित्रमा पर्छ, ‘मिस्टर भर्जिन’ । चलचित्रको सुरुवाती व्यापार हेर्दा दर्शकले यो चलचित्रलाई हेर्न चाहेको देखिन्छ । काठमाण्डौको कुमारी हलमा आज आयोजना भएको विशेष शोमा ‘मिस्टर भर्जिन’लाई मिश्रति प्रतिक्रिया मिलेको छ ।

३ यूवा र उनीहरुको यौन चाहनाको कथामा यो चलचित्र बनेको छ । नयाँ निर्देशक विशारद बस्नेतले यो चलचित्र निर्देशन गरेका हुन् । गौरव पहारि, विजय बराल, कमलमणि नेपालको वरिपरी चलचित्र घुमेको छ । यी तिन पात्रसँग नायिका मरिष्का पोख्रेल, कलाकारद्धय भोलाराज सापकोटा र रविन्द्र झा विभिन्न कोणबाट जोडिन्छन् ।

कन्डोम बेच्न नसकेर फार्मेसीबाट निकालिएका गौरव, कतारबाट फर्किएर गाउँ जान नसकेका विजय बराल र बिहेको रात नै श्रीमति पोइला गएर पीडित बनेका कमलमणि नेपालको कथा हो ‘मिस्टर भर्जिन’ । आफ्नो यौन चाहना पुरा गर्नका लागि ठमेलको वरिपरी रातभर भौतारिएका कलाकारको कथामा यो चलचित्र बनेको छ ।

यो चलचित्र हेर्दा दर्शकले मनोरञ्जन लिने भनेको यसको संवादबाट हो । दुई अर्थ लाग्ने संवाद हाबी भएकाले दर्शक हसाँउन चलचित्र सफल छ । चलचित्रमा कथा छैन । चलचित्रको कथालाई कहाँ टुंग्याउने भन्ने कुरामा मात्र होइन, चलचित्रमा के देखाउने भन्ने कुरामा पनि निर्देशक दोधारमा छन् ।

यसैले चलचित्रभित्र अनावश्यक दृश्य धेरै छन् । यूवापुस्तालाई टार्गेट गरिएको यो चलचित्रले दर्शकलाई दुई अर्थ लाग्ने संवादबाट मात्र हसाँउछ । चलचित्रको नाम ‘मिस्टर भर्जिन’ भएपनि चलचित्र भित्र त्यस्तो उच्छृङ्खल दृश्य भने छैन । यसैले, दर्शकले ढुक्क भएर चलचित्र हेर्दा हुन्छ । ३ ‘भर्जिन’ पुरुषले यो चलचित्रको अवधीभर आफ्नो यौन चाहना पुरा गर्छन् या गर्दैनन्, यसका लागि दर्शकले चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment