Comments Add Comment

‘ब्ल्याक’ रिलिजसँगै बढ्यो आकाश र आँचलको मनमा डर


आजबाट रिलिज भएका ४ सिनेमामध्ये एक हो, ‘ब्ल्याक’ । प्रदिप श्रेष्ठको निर्देशनमा आश्मा पाण्डेले लगानी गरेको यो चलचित्रको विशेष शो काठमाण्डौको कुमारी हलमा आयोजना भएको छ । कुमारी हलमा बिहानदेखि नै आजबाट रिलिज भएका ३ चलचित्र एकपछि अर्को शो राखिएको छ ।

चलचित्रको विशेष शोमा पुगेकी नायिका आँचल शर्माले मनमा डर बढेको बताइन् । पहिलो पटक नायक पल शाहविना नै पर्दामा देखिन लागेकी आँचलका लागि यो चलचित्र चल्न आवश्यक छ । यस्तै, नायक आकाश श्रेष्ठ पनि विशेष शोमा पुगेका थिए । उनका लागि पनि यो चलचित्र चल्न आवश्यक छ ।

लभ स्टोरी र एक्सनप्रधान यो चलचित्रलाई लिएर यसको निर्माणपक्ष आशावादी छ । आँचल र आकाशलाई भने दर्शकले आफूहरुको कामलाई कस्तो प्रतिक्रिया दिने हुन् भन्ने उत्सुकता र डर दुबै पलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment