Comments Add Comment

कसरी बन्नेछ इमरान खानको ‘नयाँ पाकिस्तान’ ?


१ भदौ, काठमाडौं । सन् २००३ को कुरा हो जब परवेज मुसर्फको शासनको क्रममा पाकिस्तानको बजेट पेश भइरहेको थियो । त्यतिखेर म आजाद मिडियाको एक निजी टिभी च्यानलमा काम गरिरहेको थिएँ ।

बजेट प्रशारणको क्रममा पाहुनाहरु हल्ला गरिरहेका थिए र हामीले पत्रकारको रुपमा उनीहरुलाई प्रत्यक्ष प्रशारणको लागि सम्पर्क गरिरहेका थियौं ।

यसक्रममा हामीलाई त्यतिखेर नेशनल एसेम्ब्ली सदस्य रहेका इमरान खान चौथो तल्लामा रहेका छन् भन्ने कुरा थाहा भयो । अरु केही नसोची हामी केही पत्रकार त्यहाँ पुग्यौं ।

खान एक्लै थिए, त्यत्तिकैमा हामीले उनलाई प्रश्न गर्ने मौका पायौं र प्रश्नहरु वर्षाउन थाल्यौं, ‘तपाई युवापुस्तालाई आफूतिर तान्दै हुनुहुन्छ, उनीहरुलाई पनि राजनीतिमा आकर्षित गर्ने मानिसको आवश्यकता छ । युवाहरु पारम्परिक राजनीति र राजनेताहरुबाट दिक्क भइसके अब तपाई कसरी उनीहरुलाई आकर्षित गर्नुहुन्छ ?’

‘मेरो निशाना पनि आजका मतदाता होइनन् । म युवापुस्ताको लागि कार्यक्रमहरु सुरु गरेर कलेज, यूनिभर्सिटीमा छात्रछात्राहरु सम्म पुगिरहेको छु,’ खानले मुस्कुराउँदै भने, ‘मेरो निशाना आजका बच्चा हुन् जो भोलि भोटर बन्नेछ । मेरा उमेरकाले त सन् १९९२ को विश्वकप विजेता कप्तानलाई मात्रै आफ्नो हिरो मान्छन् ।’

खानले एकपटक फेरि आफ्नो विशेष अन्दाजमा माथि हेरेर बोले, ‘मलाई धेरैले तेरा भोटर त सबै नाबालिग छन् भन्ने गर्छन्, साँच्चै हो तर म यी नाबालिगलाई भोलि राजनीतिक बालिग बनाउनेछु ।’

एकपटक यस्तो समय पनि आयो जब इमरान खान पन्जाब युनिभर्सिटीमा स्वतन्त्र विद्यार्थीको हातबाट हिंसाको निशानामा परे र यसपछि यी कप्तानले युवापुस्तामा पनि आफ्नो आक्रोश पोख्न थाले ।

इमरान खान पाकिस्तानी राजनीतिको मैदानमा एकाएक प्याराट्रुपरको रुपमा उदाएका होइनन् । एक सिटदेखि लिएर आज नेशनल एसेम्ब्लीमा १५८ सीटसम्म आइपुगेको उनको यात्रामा धेरै उतार चढाव रहेको छ ।

उनले हरेक ती रणनीतिलाई प्रयोग गरे जसले उनलाई सत्तासम्म लिएर आयो । हरेक ती व्यक्ति जसले उनलाई असफल राजनेता भन्थे आज उनीहरुलाई नै साथमा लिएर अगाडि बढ्दैछन् । चाहे ती चौधरी सुजात हुन् वा शेख रसिद जो उनलाई टांगा पार्टीवाला कप्तान भनेर कहिल्यै थाक्थेनन् ।

आक्रोशलाई शक्तिमा बदल्न जरुरी छ

आफूमाथि लागेका विभिन्न आरोपहरुको सामना गर्दै यी कप्तानले सबै विकेट सम्हालेका छन् । आम नागरिकहरुको आवाजलाई बुलन्द बनाउँदै पार्लियामेन्ट सरकारको आलोचना गर्ने कामको कारण इमरान खान सबैभन्दा ठूलो मतदाताको आशा र भरोसाको केन्द्र बने ।

बैठक कोठामा बसेर सिष्टमलाई मात्रै गाली गर्ने उच्च वर्ग र अस्तव्यस्त सरकारी प्रणालीबाट दिक्क भएका आम युवापुस्ताले लाइनमा लागेर आफ्नो अमूल्य मत हालिसकेका छन् ।

युवा वर्गले ‘नयाँ पाकिस्तान’को सपना बुनेका छन् । राजनेताहरुलाई गालीको निशाना बनाउने युवाहरुलाई मात्रै इमरान खानको कारणले केही आशा दिलाएको छ । उनीहरुले यी गतिशील कप्तानको इमानको लागि भोट दिएका छन् ।

एक करोड ६८ लाख भन्दा धेरै भोटमा युवापुस्ताको एक ठूलो संख्या रहेको छ । तथ्यांकहरुको अनुसार अघिल्लो चुनावको तुलनामा दुई करोड नयाँ भोटर यो चुनावको हिस्सा बनेको छ ।

निर्वाचनबाट इमरान खानले संसदीय लोकतन्त्रको भविष्यलाई सुरक्षित बनाइरहेका छन् भन्ने कुराको पूरा आशा गरिएको । तर, एक महत्वपूर्ण कुरा अब यी कप्तानलाई फेरि त्यो युवा टिमको नेतृत्व गर्नेछन् जो गाली गलौजमा विश्वासमा राख्छन् ।
उनले युवाहरुको आक्रोशको आगोलाई शक्तिमा बदल्नुपर्छ । युवाहरु मोबाईलफोन हातमा लिएर न्यायको खोजीमा आफ्नो वरीपरीका चोरहरुलाई पिछा गर्दै दौडिएका छन् ।

उनीहरु गल्ली र बजारहरुमा अभियुक्तलाई दोषी बनाएर पेश गरिरहेका छन् र फैसला धेरैको भीडमा सार्वजनिक गर्ने कोशिसमा छन् । अब, उनले राम्रो काम गर्न सकेनन् भने आज उनकै समर्थन गर्ने यी युवाहरु भोलि उनको विरुद्धमा हुन सक्छन् ।

इमरानको लागि अर्थव्यवस्था ठीक गर्न सायद ठूलो मसला होइन । अझै पनि उनले अर्थव्यवस्थालाई मजबुत बनाउने र सिस्टमलाई सही ट्रयाकमा ल्याउन सक्छन् ।

तर ‘नयाँ पाकिस्तान’का नयाँ मतदाता जो इमरानको शक्ति हुन् उनीहरुलाई असल, शिष्ट र दक्ष नागरिक कसरी बनाउने भन्ने ठूलो चुनौती रहेको छ । यस मुद्दाले नै ‘नयाँ पाकिस्तान’मा इमरानको सफलताको परीक्षण गर्ने छ ।

(बिबिसी हिन्दीमा प्रकाशित आसमा शिराजीको आलेखको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment