Comments Add Comment

‘दोस्रो दर्जा’ बन्न अस्वीकार गर्दै महिलाहरुको प्रदर्शन

१ भदौ, काठमाडौं । नागरिकता विधेयकमा भएको व्यवस्थाले महिलालाई दोस्रो दर्जाको नागरिक बनाएको भन्दै महिलाहरुले काठमाडौमा विरोध प्रदर्शन गरिएको छ ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले माइतीघरदेखि नयाँ वानेश्वरसम्म र्‍याली निकालेको हो ।

र्‍यालीमा महिला अधिकारको क्षेत्रमा काम गरिरहेका सस्थाहरु महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, महिलाका निम्ति महिला मञ्च, महिला एकता समाज, अपांग महिला संघ, ओरेक नेपाल, शक्ति समूह, तरंगिनी महिला अधिकार प्रशिक्षण केन्द्र, मानव अधिकारका लागि महिला, सकल्प, महिला अधिकार मञ्चका प्रतिनिधि सहभागी थिए ।

साउन २४ गते रक्षा तथा गृह मन्त्रालयको तर्फबाट प्रतिनिधिसभामा पेश भएको उक्त विधेयकको दफा ८ को उपदफा १ खण्ड (क २) मा रहेको ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको पुष्ट्याइसहित निज वा निजको आमाले गरेको स्वघोषणा’ गर्नुपर्ने ब्यवस्थाले महिलाको अस्मिता, स्वतन्त्र अस्तित्वलाई अस्वीकार गरेको भन्दै महिला अधिकारवादीहरुले प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment