Comments Add Comment

आजका पत्रपत्रिकाः कर छलीमा अहिलेसम्मकै ठूलो मुद्दा दर्ता

२ भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकामा कर छलीको छानबिनदेखि एसियाड खेलकुदसम्मका विषय परेका छन् ।

त्यसैगरी, नेकपा असहमतिले संसदीय समिति सभापति चयन प्रभावित भएको, सरकारी कार्यालयमा सामाजिक सञ्जाल एकाउन्ट अनिवार्य गर्न सर्कुलर गरिएको, कलंकी अन्डरपास आंशिक रुपमा सञ्चालनमा आएकोलगायत खबरले पनि आजका अखबारहरुमा स्थान पाएका छन् ।

शनिबार भएकाले साहित्यिक एवं गहनखाले सामग्रीलाई आजका पत्रपत्रिकाहरुले बढी जोड दिएका छन् ।

‘करको कुरा अतिरञ्जित’ शीर्षक दिएर अन्नपूर्णले करबारे प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको भनाइलाई प्रमुख समाचार बनाएको छ । संविधानले दिएको अधिकारबाटै स्थानीय तहले कर तय गरकोले रोक्न नसकिने प्रधानमन्त्रीले बताएकोलाई अन्नपूर्णले लिड लाइनमा लेखेको छ ।

अन्नपूर्णमै २ सय ९८ बालबालिका जेलमुक्त भएको, विप्लव नेतृत्वको नेकपाका नेता प्रकाण्ड अदालत परिसरबाटै पक्राउ परेको लगायत खबर पनि छन् ।

कान्तिपुरले करछलीमाथि शुरु भएको छानबिनलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार सरकारले करिब आधा दर्जन घटनामा ५ अर्ब २२ करोड रुपैयाँ राजस्व छली भएको दाबीसहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । एक साताको अवधिमा राजश्व अनुसन्धान विभागले काठमाडौं, रुपन्देही, पर्सा र बारा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

नयाँ पत्रिकाले आजबाट इन्डोनेसियाको जकार्तामा शुरु हुन गइरहेको एसियन खेलकुद प्रतियोगितामाथि केन्द्रित रहेर सामग्री प्रकाशित गरेको छ । समाचार अनुसार २९ खेलमा सहभागी हुने तयारीमा रहेको नेपालले पाँच खेलबाट पदकको आश गरेको छ । तेक्वान्दो, कराते, जुडो, बक्सिङ र प्याराग्लाइडिङमा नेपालले पदकको आश गरेको हो ।

नयाँ पत्रिकामै कर छलीमा अहिलेसम्मकै ठूलो मुद्दा दर्ता भएको समाचार पनि छ । ५४ करोड ४२ लाख रुपैयाँ कर छली गरेका हिमालयन कार्गोका सञ्चालक विनोदकुमार गुप्ताविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको समाचारमा उल्लेख छ ।

दोलखाको एक भूकम्पपीडित परिवारको कथालाई प्रमुखताका साथ छापेको नागरिकले प्रेस काउन्सिल कार्यक्षेत्र बाहिर गएको जनाएको छ । निर्माण सामग्री अन्तै ओसार्दा सिक्टा सिँचाइको नहर कमजोर भएकोलाई पनि नागरिकले पहिलो पृष्ठमा लेखेको छ ।

गोरखापत्रले कलंकी अन्डरपास आंशिक रुपमा सञ्चालनमा आएकोलाई एंकर बनाएको छ भने राजधानीले ‘को कायममुकायम’ शीर्षक दिएर कायममुकायम प्रधानन्यायाधीशबारे चर्चा गरेको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment