Comments Add Comment

कविताः तिम्रो र मेरो कहानी

साउन महिनामा कहिले लाग्ने ढप्प बादल त

कहिले छर्लङ्ग खुल्ने आकाशजस्तो

कोर्नु छ तिम्रो र मेरो ब्लक अनब्लक कहानी ।

पानी परेपछिको आकश जस्तै मन खुलेको दिन आउँछ तिम्रो याद

त्यतिबेला ब्लक गरेको तिम्रो फेसबुक खोतल्दाको मजा नै बेग्लै

मनै त हो केही सन्देश पठाउन मन लाग्छ

फुत्त औंलाबाट चिप्लिन्छ पनि,

अनि सुरु हुन्छ कहानी अनब्लकको

नोटिफिकेसनको घण्टी बज्छ तिम्रो फोनमा

कठै !

कतै ब्यस्त तिम्रो समयमा बेकामको सन्देश देख्दा

च्वास्स घोच्दो हो तिमीलाई तब त फ्याट्ट गरिहाल्छौ ब्लक

अनि सुरु हुन्छ कहानी ब्लकको ।

साउन महिनामा कहिले लाग्ने ढप्प बादल त

कहिले छर्लङ्ग खुल्ने आकाशजस्तो

कोर्नु छ तिम्रो र मेरो ब्लक अनब्लक कहानी ।

तिम्रो पनि सम्झनामा आउँछु रे म,

कारण चाहिँ थाहा छैन रामजाने

फोन गर्न मन लाग्छ रे

त्यसपछि अनब्लक गर्छौ रे मेरो नम्बर

अनि सुरु हुन्छ कहानी अनब्लकको,

फोनमा गफिने लहर चल्छ

घन्टौंको कुराकानीपछि झल्याँस्स याद आउँछ मलाई

म त ब्लक लिस्टमा परेको मान्छे

अनि फ्याट्ट ब्लक गरिदिन्छु उनको नम्बर

अनि सुरु हुन्छ कहानी ब्लकको ।

साउन महिनामा कहिले लाग्ने ढप्प बादल त

कहिले छर्लङ्ग खुल्ने आकाशजस्तो

कोर्नु छ तिम्रो र मेरो ब्लक अनब्लक कहानी ।

यही रीतले ब्लक र अनब्लकको सिलसिला चली नै रहनेछ

बानी बसालिसकेका छौं

फोन, भाइबर, व्हाट्जयाप, मेसेन्जरको ब्लक अनब्लकको बटमसँग खेल्ने

अब त यति हेर्न बाँकी छ

जिन्दगीले तिमी र मलाई कुन सूचीमा पार्ने ?

साउन महिनामा कहिले लाग्ने ढप्प बादल त

कहिले छर्लङ्ग खुल्ने आकाशजस्तो

कोर्नु छ तिम्रो र मेरो ब्लक अनब्लक कहानी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment