Comments Add Comment

खानामा ख्याल राख्नुस, सजिलै घट्छ मोटोपन

अहिले धेरैको टाउको दुखाईको विषय हो, मोटोपन । मोटोपनले गाँजेपछि कोही जिमखाना धाइरहेका हुन्छन् भने कोही खानेकुरामा कटौती गरिरहेका हुन्छन् ।

हुनपनि मोटोपन आफैमा एक समस्या हो । यसले शरीरलाई भद्दा र असुहाउँदिलो त देखाउँछ नै, शरीरलाई रोगहरुको घर पनि बनाइदिन्छ । मोटोपना बढेमा उच्च रक्तचाप, मधुमेह, मुटु रोग लगायतको समस्या हुने गर्दछ ।

मोटोपना घटाउने वा तौललाई नियन्त्रण गर्ने सजिलो काइदा हो, खानपानमा नियन्त्रण ।

यसको मतलब यो होइन कि, खानेकुरा नखाने वा कम खाने । बरु त्यस्ता खानेकुरा खानमा पूर्ण बन्देज लगाउने, जसले मोटोपन बढाउँछ ।अस्वस्थ्यकर, चिल्लोचाप्लो, तारेको खानेकुराले मोटोपन बढाउँछ । मदिराजन्य पेयले पनि मोटोपन बढाउने काम गर्छ ।

हामीलाई मोटोपनको चिन्ता हुन्छ । तर, त्यस अनुरुप जीवनशैली परिवर्तन गर्ने जाँगर चल्दैन । न संयमित खानपान गर्छौं, न अनुशासित जीवनशैली नै यापन गर्छौं । हाम्रो खराब बानी के पनि छ भने, पाएको बेला पेटभर खाने । अरु बेला भोकै पनि बस्ने । यस किसिमको आनीबानी मोटोपन बढाउने कारक हुन् ।

खान नछाडौं

हामी नेपाली तौल घटाउने नाममा डाइटिङ गर्छौ । आवश्यक्ता भन्दा बढी डाइटिङ गर्दा शरीरलाई आवश्यक पर्ने पोषण-तत्वको कमी हुने गर्दछ । जसले गर्दा शरीर कमजोर हुनुका साथै शरीरमा विभिन्न समस्या निम्तने गर्दछ ।

जबकी डाइटिङ विना नै स्वस्थ्यवर्दक खानेकुराको सेवनले शरीरलाई आवश्यकत पोषण तत्व प्रदान हुने गर्दछ ।  यसको लागि दिनको शुरुवात स्वस्थवर्दक खानेकुराबाट गर्न सकिन्छ । दिनमा कम्तीमा तीन पटक पौष्टिक तत्वयुक्त स्वस्थ खानेकुराको सेवनले शरीरलाई पोषण प्राप्त हुनुका साथै शरीर स्वस्थ रहने गर्दछ । साथै, यस्ता खानेकुराको सेवनले भोक समेत कम लाग्ने हुँदा तौल नियन्त्रण गर्न सजिलो हुने गर्दछ ।

कम खाने

कयौ मानिस एकै पटक धेरै खाने गर्छन् । जसले गर्दा तौल कम हुनुको सट्टा झन् बढ्ने गर्छ । तौल कम गर्न जहिले पनि खाना खादाँ  सानो प्लेटको प्रयोग गर्नु पर्छ । र, खाना हरिायो साजसब्जी, दही  , सलाद लगायतलाई महत्व दिनु पर्छ । त्यतिमात्र हैन, खाँदा खाँदा सकेसम्म दोहर्‍याएर खान हुँदैन । यति गर्न सकेमात्र पनि तौल नियन्त्रण हुने गर्दछ ।

भोक लाग्दा मात्र खाने

भोक ला गेपछि मात्र खाना खानु पर्दछ । कयौ मानिस समय विताउन वा अल्छीपना हटाउन खाना खाने गर्दछन् । जसले गर्दा मानिसको तौल कम हुनुका सट्टा झन् बढ्ने गर्दछ । यसको सट्टा कतै डुल्न गएर वा आफूलाई  रमाइलो लाग्ने काम गरेर पनि समय विताउन सकिन्छ ।

खाएको कुरा कपीमा टिपोट गर्ने 

कुनै पनि खानेकुरा खाएपछि के के खानुभयो, कति परिणाममा खानु भयो तथा कुन बेला खानु भयो त्यसको विस्तृत विवरण एउटा कपीमा लेख्नुस् ।  यसले खानेकुरा प्रति तपाईलाई जागरुक बनाउनुका साथै खाने बानीलाई व्यवस्थित गर्न सिकाउँछ ।

व्यायाम गर्ने

जहिले पनि व्यायाम गर्नु पूर्व चिकित्सकसित सल्लाह गर्न अनिवार्य छ । त्यसबाहेक, सिढी चढेर ताथ थोरै हिडेर पनि सकि्रय जीवन बाच्न सकिन्छ । हप्तामा कम्तीमा पनि पाच दिन हिड्ने, साइकिलिङ्ग गर्ने, स्वीमिङ्ग गर्ने, दौडने तथा हाइकिङ्ग गर्ने बानी बसाल्ने । साथै दिनमा कम्तीमा एक घण्टा कसरत गर्ने । यसले पनि तौल नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्दछ ।

गुलियो नियन्त्रण गर्ने

डर्जट्स, डोनट्स कुकिज, क्यान्डी, चकलेट तथा गुलियो मिसिएको खानेकुरा खानबाट परेज गर्ने किनकी यस्ता  खानेकुरामा क्यालोरीको मात्रा उच्च हुनुका साथै पोषणतत्व कम हुने गर्दछ । त्यस्तै, पेय पदार्थमा चिनीको सट्टा अन्य पेय पदार्थ सेवन गर्नुका साथै डाइट सोडा पिउन सकिन्छ ।  यसले पनि तौल नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ ।

प्रशस्त मात्रामा पानी पिउने

जो मानिस दिनमा तीन देखि चार लिटर पानीको सेवन गर्छन्, उनीहरुमा वजन कम हुने सम्भावना उच्च हुने गर्छ ।

बाहिर नखाने

तौल नियन्त्रण गर्ने व्यक्तिले सकेसम्म घरमै बनाएको खाना खानु पर्दछ । बाहिरी खानेकुराबाट सकेसम्म परेज गर्नु पर्दछ । खानै परेमा सुप, सलाद वा कम तेलको प्रयोग गरिएको खानेकुराको सेवन गर्नु पर्दछ । खाना खाँदा शरीरलाई चाहिने मात्र खाना खानु पर्दछ । बरु  खाना धेरै भएमा अरुसित बाढेर खानु  पर्दछ । यसले पनि तौल नियन्त्रण गर्न निकै मद्दत मिल्दछ ।

नास्ता गर्ने

नास्तामा सकेसम्म फल, साजसब्जी वा चिल्लो रहित खानेकुराको सेवन गर्नु पर्दछ । लौ फ्याट क्राकर्स, होल ग्रेन सिरियल्स तथा ओट मिलको सेवनद्धारा तौल कम गर्न सकिन्छ ।

खाना पकाउँदा कम तेलको प्रयोग गर्ने

खाना पकाउँदा सकेसम्म कम तेलको प्रयोग गर्ने । तार्नु, भुट्नुको सट्टा सेकेर, गि्रल गरेर तथा बाफमा पकाएर पनि खाना खान सकिन्छ ।

खाद्यान्न खरीद गर्दा विशेष सजगता अपनाउने

कुनै पनि खानेकुरा गर्दा विशेष सजगता अपनाउने । त्यसको लागि एउटा सुची तयार पार्ने । भोक लागेको समयमा कुनै पनि सामान खरीद नगर्ने । कुनै पनि डेयरी प्रोडक्ट खरीद गर्दा कम फ्याटको विशेष ख्याल गर्ने ।

यतिमात्र गर्न सकेमात्र पनि राम्रो नतिजा प्राप्त गर्न सकिन्छ । यसबारे थप जानकारी आवश्यक परेमा आˆनो चिकित्सक , नर्स वा डाइटिसियनसित सल्लाह गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment