Comments Add Comment

प्रधानमन्त्री ओलीको ६ महिने समीक्षा : विदेश नीतिको जग बस्यो


३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार सम्हालेको ६ महिनाको अवधिमा मुलुकको विदेश नीतिको जग बसेको बताएका छन् ।

आइतबार ट्वीटरमार्फत उनले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको र सुशासन र विकासको आधारशीला तयार भएको उल्लेख गरेका हुन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको ६ महिना पूरा भएको अवसरमा ओलीले नेपाली, भोजपुरी, मैथली, नेवारी र अंग्रेजी भाषामा ट्वीट गरेका हुन् ।

ट्वीटमार्फत प्रधानमन्त्री ओलीले सुशासन र विकासको आधारशीला तयार भएको आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ’, प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन्् ‘यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment