Comments Add Comment

माझी बस्ती निर्माणका लागि जन्मदिनमा अस्ट्रेलियाबाट ५०० डलर सहयोग

अस्ट्रेलिया निवासी सुशील चालिसे र उनकी धर्मपत्नी अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय चार वर्षीया शायना र एक वर्षीया समिका चालिसेको जन्मदिनको अबसरमा पाँच सय अस्ट्रेलियन डलर लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

चालिसे दम्पतिले आफ्नी छोरी शायनाको पहिलो जन्मदिन मनाउँदा एक्सन वर्क नेपाल, दोश्रो जन्मदिन मनाउँदा समाजसेवी दिक्षा चापागाईं आबद्ध भएको पबित्रा समाज नेपालमार्फत सहयोग पु¥याएका थिए ।

गत वर्ष भने शायनाको जन्मदिनकै दिन अर्की छोरी समिकाको जन्म भयो । जसकारण शायनाको जन्मदिन मनाइएन ।

दुबै छोरीको जन्मदिन एक्कै दिन परेकोले दुबै छोरीको जन्मदिन मनाउने क्रममा यो बर्ष ५०० डलर सामाजिक कार्यमा योगदान दिने निर्णय गरेको चालिसे परिवारले बताएको छ ।

श्रेष्ठलार्इ हस्तान्तरण गरिएको रकम स्व. श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको माझी बस्ती निर्माणाका लागि नायिका स्वेता खड्काको ‘स्वेता-श्री फाउण्डेशन’ लार्इ हस्तान्तरणा गरिनेछ ।

फाउण्डेशनबाट भूकम्पले भत्काएको माझीहरूको एकीकृत बस्ती निर्माणा गर्न थालिएको छ । यो रकम स्वेता नेपाल फर्किने वितिक्कै हस्तान्तरण हुने बताइएको छ ।

५६ परिवारका ३७५ जनाको लागि करिब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment