Comments Add Comment

छापामा आजः ट्रान्सक्रिप्ट लगेको १ वर्षपछि विद्यार्थी फेल !

४ भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले स्थानीय तहले कर बढाएको प्रति केन्द्र सरकारले चासो राखेकोलाई मुख्य समाचार बनाएका छन् भने कुनैमा विशिष्टको आवास सुविधाका लागि सरकारले वार्षिक २२ करोड खर्च गर्ने गरेकोलगायतका सामग्री छन् ।

त्यसैगरी, ट्रान्सक्रिप्ट लगेको १ वर्षपछि विद्यार्थी फेल भएको, प्रधानमन्त्री कार्यालयमै आर्थिक अनियमितता हुने गरेको, तरकारीको कालोबजारी यथावत रहेकोलगायत समाचारले पनि आजका पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा ठाउँ पाएका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले ‘बस्नै दिएन कोसीले’ शीर्षक दिएर कोसी पीडितहरुको कथालाई मुख्य समाचारका रुपमा छापेको छ । स्थानीय तहले बढाएको करप्रति केन्द्र सरकारले चासो राखेको अर्को खबरलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

नयाँ पत्रिकाले विशिष्टको आवासमै वार्षिक २२ करोड खर्च हुने गरेको हिसाब प्रस्तुत गरेको छ । बिरुवा खरिददेखि कर्मचारीको तलबसम्म साढे ११ करोड खर्च हुने गरेको समाचारमा उल्लेख छ । समाचार अनुसार बालुवाटारमा गाडी र मोटरसाइकल धुन मात्रै मासिक १२ लाखको पानी खर्च हुने गरेको छ ।

नयाँ पत्रिकामै आर्थिक मितव्ययितामा जोड दिइरहेकाे प्रधानमन्त्री कार्यालयमै करिब ८० लाखको सफ्टवेयर खरिदमाथि प्रश्न उठेको समाचार छ । हेलो सरकारको क्षमतावृद्धिका लागि गत वर्ष कल सेन्टरको डिभाइस र सफ्टवेयर ८० लाखमा खरिद भएको थियो । तर उक्त खरिद प्रक्रियामा मिलेमतो र अनियमितता भएको भन्दै मन्त्रिपरिषद् कार्यालयले छानबिन गरेको थियो । नयाँ पत्रिका लेख्छ– ५ विकास क्षेत्रमा स्थापना भएका कल सेन्टरमध्ये २ वटामात्रै चालू अवस्थामा छन् भने बाँकी चार बिग्रिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयको चरम लापरबाहीको अर्को खबरलाई पनि नयाँ पत्रिकाले महत्वका साथ पहिलो पृष्ठमा लेखेकाे छ । समाचार अनुसार ट्रान्सक्रिप्ट लगेको १ वर्षपछि त्रिविले विद्यार्थीलाई फेल गरिदिएको छ ।

शुरुमा स्नातकोत्तर तहमा जीपीए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेश पढिरहेका छन् । तर अहिले जीपीए ३.० भन्दा कम ल्याउने विद्यार्थी फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौं विद्यार्थी आक्रोसित बनेका छन् । जबकि उनीहरु प्रत्येक सेमेस्टरमा पास भएको ग्रेडसिट छ । नयाँ पत्रिकाका अनुसार परीक्षासम्बन्धी त्रिविले तयार पारेको कार्यविधिबारे विद्यार्थी, प्राध्यापकदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म बेखबर रहेका कारण यस्तो झमेला आएको हो ।

रोचक त के छ भने त्रिविले जारी गरेका ट्रान्सक्रिप्टमा हातैले फेल लेखेको छ । फेल भएका विद्यार्थीलाई ट्रान्सक्रिप्ट जारी गर्न मिल्दैन । तर पनिकाले जारी गरेको ट्रान्सक्रिप्टमा समेत यो फेल छ लेखेको पाइएको छ ।

कान्तिपुरमा तरकारीमा भइरहेको सिन्डिकेटबारेको समाचार छ । समाचार अनुसार बिचौलियाले किसानसँग किनेको तरकारीमा ५ पटकसम्म मूल्य थप्ने गरेका छन् ।

‘राजधानीको तरकारी बजारमा व्याप्त बिचौलियाको सिन्डिकेटले सामान्य मासिको भान्साको खर्चलाई ह्वात्तै बढाइदिने गरेको छ’, कान्तिपुरले लेखेको छ, ‘उपभोक्ताले तिर्ने पैसाको सानो अंश मात्र किसानसम्म पुग्छ ।’

राजधानीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारबारे गरेको मूल्यांकनलाई प्रमुख समाचारका रुपमा छापेको छ ।

गोरखापत्रमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जाेशीले ६ दिन बिदा थप गरेकाे समाचार छ । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएसँगै साउन २० देखि बिदा बसेका जाेशीले थप ६ दिन बिदा थपेका हुन् । गाेरखापत्रले नै खाद्य पहुँचमा वञ्चित गरे दश वर्ष कैद हुनेलाई एंकर बनाएको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका पहिलाे पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment