Comments Add Comment

अँध्यारोमा मोबाइल खेलाउनेहरु सावधान ! बढ्दैछ यस्तो समस्या


रातको समयमा स्मार्टफोन तथा कम्प्युटर चलाइरहँदा तपाइँले महसुस गर्नुभएकै होला ती ग्याजेटको स्क्रिनबाट निलो प्रकाश निस्किने कुरा ।

भलै हामीहरु यस्तो निलो प्रकाशसँग अभ्यस्त भैरहेका छौँ । तर त्यो प्रकाश हाम्रो स्वास्थ्य, खासगरी आँखाको लागि निकै हानिकारक छ भन्ने कुराको हेक्का राखिरहेका छैनौँ ।

वैज्ञानिकहरुका अनुसार डिजिटल उपकरणको स्क्रिनबाट निस्किने निलो प्रकाशले स्थायी अन्धोपन समेत निम्त्याउने खतरा रहन्छ ।

अँध्यारोमा लामो समयसम्म यस्तो निलो प्रकाशको सम्पर्कमा रहिरहने मानिसको आँखाको ज्योति गुम्नसक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

अमेरिकाको युनिभर्सिटी अफ टोलेडोका शोधकर्ताहरुले यस विषयमा अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् ।

अनुसन्धानका अनुसार लगातार निलो प्रकाश हेर्नाले आँखामा ज्योति उत्पन्न गर्ने संवेदनशील कोशिकाहरुमा विषाक्त अणु उत्पन्न हुन सक्दछ । जुन आँखाको नानीमा धब्का आउने समस्याको कारक बन्न सक्दछ । यसले आँखामा स्थायी रुपमा अन्धोपन निम्त्याउन सक्दछ ।

शोधकर्ताहरुका अनुसार मोबाइल तथा ग्याजेटको अत्यधिक प्रयोग गर्ने अमेरिका लगायतका मुलुकमा निलो प्रकाशबाट हुने अन्धोपनका घटनामा पछिल्लो समयमा अत्यधिक वृद्धि भैरहेको छ ।

युनिभर्सिटी अफ टोलेडोको रसायन तथा जिवरसायन विभागका सहायक प्राध्यापक तथा शोधकर्ता अजित करुणाथनेका अनुसार निलो प्रकाशले हाम्रो देख्ने क्षमतामा हानी पूराउने तथा आँखाको रेटिनामा क्षति पूराउने कुरा अब रहस्यको विषय रहेन । आँखामा हुने प्रकाश संवेदनशील फोटोरिसेप्टर कोशिकाहरु क्षतिग्रस्त भएसँगै आँखामा ज्योति कम हुने र धब्बा लाग्ने हुन्छ ।

आफुहरुको अध्ययनले निलो प्रकाशले आँखामा कसरी क्षति पूराउँदछ भन्ने कुरा जान्न सहज बनाएको भन्दै उनले निलो प्रकाशले आँखामा गर्ने असर रोक्नका लागि औषति तथा आइड्रप बनाउने दिशामा यसले मार्ग प्रसस्त गर्ने उनको दाबी छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment