Comments Add Comment

केरालाका बाढी प्रभावितलाई साहरुखको ५ करोड सहयोग


बलिउड नायक साहरुख खानले चेन्नइमा आएको बाढी पहिरोबाट प्रभावितहरुका लागि १ करोड सहयोग गरेका थिए । यो बर्ष भारतको केराला राज्य बाढिबाट आक्रान्त बनेको छ । अहिले भारतभर केरालालाई फेरि उठाउनुपर्छ भन्दै सहयोग अगाडि बढाइएको छ ।

केराला राज्यका प्रभावितहरुको सहयोगका लागि बलिउडकर्मीहरु पनि अगाडि आएका छन् । तर, नायक साहरुख खानको सहयोगको शैली भने अरुको भन्दा फरक छ । साहरुखको मिर फाउन्डेशनले केराला राज्यको सहयोगका लागि मुख्यमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ । साहरुखको मिर फाउन्डेशन विशेषगरि एसिड आक्रमणमा परेका महिलाहरुको सहयोगका लागि कार्यरत छ ।

यस्तै, नायक साहरुख खानले व्यक्तिगत रुपमा ५ करोड रुपैयाँ बाढी प्रभावितका लागि सहयोग गरेको भारतीय मिडियामा उल्लेख छ । तर, साहरुख खानले भने यो बिषयमा कुनै पनि आधिकारिक भनाई सार्वजनिक गरेका छैनन् । साहरुख च्यारेटी मिडियामा सार्वजनिक गर्ने काम होइन भन्ने कुरामा विश्वास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment