Comments Add Comment

‘मालिका’को शीर्ष गीतमा रेखा र कमलाको यस्तो अवतार


तिहारमा रिलिज हुन लागेको नायिका रेखा थापाको निर्माण तथा निर्देशनमा तयार चलचित्र ‘मालिका’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘सर सर’ बोलको गीतमा आस्था राउतको स्वर, सुरेश अधिकारीको शब्द तथा संगीत छ ।
यो गीतले एक किशोरीको जीवनका २ वटा पाटोलाई प्रस्तुत गरेको छ ।

बालविबाह गर्न वाध्य किशोरीको जीवनमा आएको परिवर्तनलाई गीतमा देखाइएको छ । कमजोर र सशक्त नारीका २ अवतार भिडियोमा हेर्न सकिन्छ । नर कार्की कार्यकारी निर्माता रहेको यो चलचित्रलाई सरस्वती थापाले निर्माण गरेकी हुन् । नर कार्की र रेखा थापाको कथा रहेको चलचित्रमा शिवम् अधिकारीको पटकथा, बनिष शाहको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment