Comments Add Comment

जापानले चार बास्केटबल खेलाडीलाई फिर्ता पठायो

५ भदौ, काठमाडौं । जापानले एसियन गेम्स खेल्न इण्डोनेसिया पुगेका चार बास्केटबल खेलाडीलाई घर पठाएको छ ।

सेक्सका लागि महिलालाई पैसा दिएको दाबी सार्वजनिक भएपछि चार खेलाडीलाई फिर्ता पठाइएको हो । खेलाडीहरु जाकार्तामा टिमको जर्सी लगाएर खानाका लागि बाहिर गएका थिए र महिलालाई होटलमा जान प्रस्ताव गरेको जापानी न्यूज एजेन्सी क्यादोले जनाएको छ ।

जापानको चिफ अफ मिसनले यसप्रति माफी मागेको छ ।

चार खेलाडीले जापानी बोल्ने स्थायीमार्फत बारबारे जानकारी लिएका थिए । उनीहरुले महिलालाई भेटेका थिए । बारमा केही घन्टा विताएका खेलाडीहरुले महिलालाई होटलमा ल्याएका थिए र शुक्रबार विहानसम्म सँगै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment